हरिवनमा बसको ठक्करबाट मृत्यु
बिहीबार, ३१ वैशाख २०८३, १० : २०
सर्लाही । यात्रुवाहक बसको ठक्करबाट सर्लाहीको हरिवनमा एक पुरुषको मृत्यु भएको छ । उदयपुरको गाईघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.–०१–००६ ख ९६७० नम्बरको बसले आजबिहान हरिवन नगरपालिका–११, कडरिया चोकमा ठक्कर दिएको थियो ।
ठक्करबाट नाम, थर वतन नखुलेका एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार बसको ठक्करबाट पुरुषको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण