मणिपाल क्रिकेट लिगको फाइनल आज
पोखरा । मणिपाल क्रिकेट लिग २०२६ को फाइनल आज मणिपाल ग्राउण्डमा हुन लागेको छ। क्रिकेट, मनोरञ्जन र उत्साहको संगम बनेको यो लिग अहिलेसम्मकै उत्कृष्ट तथा सबैभन्दा सफल संस्करण भएको आयोजकको दाबी छ ।
आजको पुरुष फाइनलमा सर्जरी र पेडियाट्रिक्स उपाधिका लागि भिड्दैछन् भने महिलातर्फ ह्वाइट एन्जल्स र प्याथोलोजी वारियर्स बीच उपाधि प्रतिस्पर्धा हुनेछ। दुवै खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको आयोजकहरूले बताएका छन्।
यस संस्करणमा पुरुषतर्फ मेडिसिन, अर्थोपेडिक्स, पेडियाट्रिक्स, सर्जरी, एनटीएफ र ईएनटी गरी ६ टोली तथा महिलातर्फ ओबीजी, प्याथोलोजी, ह्वाइट एन्जल्स र डेन्टल गरी ४ टोली सहभागी रहेका थिए । प्रतियोगिताभर दर्शकहरूले रोमाञ्चक खेल, उत्कृष्ट प्रदर्शन र कडा प्रतिस्पर्धा हेर्न पाए।
विशेषगरी प्लेअफ चरणले मणिपाल क्षेत्रमा उत्सवकै माहोल सिर्जना गरेको थियो। कोककोला प्ले एण्ड विन, आकर्षक फुड स्टलहरू तथा सांगीतिक प्रस्तुतिहरूले प्रतियोगितालाई खेलसँगै मनोरञ्जनमूलक महोत्सवको रूपमा स्थापित गरेको थियो।
यस वर्षदेखि लिगमा पहिलो पटक रनिङ शिल्डको स्थापना गरिएको छ। आयोजक ब्याच २०२३ को पहलमा सुरु गरिएको उक्त शिल्डले प्रतियोगिताको दीर्घकालीन विरासतलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।
प्रतियोगितालाई सफल बनाउन आयोजक टोलीका सदस्यहरू राजीव पोखरेल, प्रवेश बराल, थनुशिका गुणावर्धना र जेनिथ राजवंशी लगायत सम्पूर्ण टिमको महत्वपूर्ण योगदान रहेको आयोजक समितिले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण