नागरिकता र राहदानी बाँड्नु मात्रै डेलिभरी होइन : रामकुमारी झाँक्री
सारांश
- नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले सरकारले निजी क्षेत्रलाई काम गर्ने वातावरण सिर्जना गर्नुको सट्टा भय र त्रास सिर्जना गरेको आरोप लगाएकी छन्।
- उनले सरकारले निजी क्षेत्रलाई पहिले थुन्ने र अनि मात्र सुन्ने प्रवृत्ति देखाएको भन्दै आपत्ति जनाउँदै पहिले कुरा सुनेर आवश्यक परेमा मात्र थुन्ने प्रक्रिया अपनाउन सुझाव दिइन्।
- सांसद झाँक्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई नयाँपन नभएको र पुरानै कार्यक्रमहरूको निरन्तरता भएको टिप्पणी गर्दै नागरिकता, राहदानी र जग्गाधनी पुर्जा बाँड्नु मात्रै वास्तविक डेलिभरी नहुने तर्क गरेकी छन्।
काठमाडौँ । नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले सरकारले निजी क्षेत्रलाई काम गर्ने वातावरण सिर्जना गर्नुको सट्टा भय र त्रास सिर्जना गर्ने काम गरेको आरोप लगाएकी छन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले सरकारले निजी क्षेत्रलाई पहिले थुन्ने र अनि मात्र सुन्ने प्रवृत्ति देखाएको भन्दै आपत्ति जनाइन्। सरकारले पहिले कुरा सुन्ने र आवश्यक परेमा मात्र थुन्ने प्रक्रिया अपनाउनुपर्ने उनको सुझाव छ।
सांसद झाँक्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई नयाँपन नभएको र पुरानै कार्यक्रमहरूको निरन्तरता भएको टिप्पणी गरेकी छन्। उनले जनताले दिएको ठुलो जनमतको अवसरलाई सरकारले उपयोग गर्न नसकेको बताइन्।
नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले भनिन्, ‘सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो। यसमा बुँदा घटाइएको छ। पुरानै कार्यक्रमहरू दोहोर्याएर खाँदेर लेखिएको छ। त्यसकारण यसमा कुनै कमेन्ट गरिरहनुपरेन। यति ठुलो जनमत पाएर आएको पार्टीले एकपटक सबै क्षेत्रमा डिपार्चर गर्ने मौका चाँही थियो, तर हरेक पटक नेपाली जनताको परिवर्तन र रूपान्तरणको चाहना परम्परागत कुराबाट कुण्ठित हुने कुरा देखिने भयो।’
सरकारले सुशासन र डेलिभरीमा जोड दिएको दाबी गरे पनि नागरिकता, राहदानी र जग्गाधनी पुर्जा बाँड्नु मात्रै वास्तविक डेलिभरी नहुने उनको तर्क छ। निजी क्षेत्रलाई हतोत्साहित पार्दा मुलुकले नयाँ बाटो लिन नसक्ने उल्लेख गर्दै उनले सबै वर्ग र समुदायको मानव अधिकार र मौलिक हकको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरिन्।
सरकारले भयको वातावरण सिर्जना गरेर कहाँ पुग्न खोजेको हो भन्ने समेत प्रष्ट नभएको उनले दाबी गरेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण