पाण्डेलाई थुनाबाहिरै राखी अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह
सारांश
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएकोमा बैंकिङ क्षेत्रका चार छाता संगठनले ध्यानाकर्षण जनाएका छन्।
- नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्।
- संघहरूले पाण्डेलाई थुनाबाहिरै राखी अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरेका छन्।
काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको प्रति बैंकिङ क्षेत्रका चारवटा छाता संगठनहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाण्डेलाई बुधबार नियन्त्रणमा लिएपछि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५७ ले कर्जा असुली नभएको अवस्थामा असुलीका लागि बैंकहरूलाई विशेष अधिकार दिएको छ। कर्जा असुली गर्नु बैंकको प्राथमिक प्रक्रिया र प्रमुख कार्यकारी अधिकृतको मूल दायित्व भित्र पर्दछ।’ कर्जा असुली गरेकै कारण बैंकको नेतृत्वलाई पक्राउ गर्दा बैंकको साखमा गिरावट आउने र वित्तीय स्थायित्वमा समेत आँच पुग्ने ती संघहरूको ठहर छ।
बैंकिङ क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले ‘सुन अनि थुन’ को सिद्धान्तलाई आत्मसाथ गर्न आग्रह गर्दै पाण्डेलाई यथाशीघ्र थुनाबाहिरै राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण