गाडीमा आउनेलाई मात्रै सहज भयो, पैदल आउने सांसदलाई सिंहदरबार प्रवेशमा सास्ती : सांसद चन्द
सारांश
- राष्ट्रिय सभा सदस्य रेणु चन्दले सिंहदरबारभित्र पैदल आउने सांसदहरूका लागि प्रवेश सहज बनाउन माग गरेकी छन्।
- उनले सवारी साधनमा आउने सांसदहरूलाई सहज प्रवेश भए पनि सार्वजनिक यातायात वा पैदल आउनेहरूले असहजता भोग्नुपरेको बताइन्।
- सांसद चन्दले सिंहदरबारको दक्षिण गेट नजिकको पुरानै बाटो सुचारु गर्न पनि आग्रह गरिन्।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी राष्ट्रिय सभा सदस्य रेणु चन्दले सिंहदरबारभित्र सांसदहरूका लागि पैदल प्रवेशको व्यवस्था सहज बनाउन माग गरेकी छन्।
राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले सबै सांसदहरूसँग निजी सवारी साधन नभएकाले पैदल आउनेहरूका लागि प्रवेशमा समस्या रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्।
सांसद चन्दले सवारी साधनमा आउने सांसदहरूका लागि सिंहदरबार छिर्न कुनै बाधा नरहे पनि सार्वजनिक यातायात वा पैदल आउनेहरूले असहजता भोग्नुपरेको बताइन्। उनले विशेष गरी सिंहदरबारको दक्षिण गेटको छेउमा रहेको पुरानै बाटोलाई सुचारु गरिदिन आग्रह गरिन्।
बैठकमा आफ्नो धारणा राख्दै उनले भनिन्, ‘सिंहदरबारभित्र पैदल प्रवेशको व्यवस्था गरिदिनुपर्यो। सबैसँग सवारी साधन छैन। सार्वजनिक यातायात र पैदल आउने सांसद पनि छन्। गाडीमा आएका सांसदहरूलाई सहज प्रवेश छ, तर पैदल आउने सांसदहरूलाई अलि असहज छ। त्यसैले पैदल आवागमनको व्यवस्था सहज गरिदिनुपर्यो र दक्षिण गेटको छेउको पहिलेकै बाटो सुचारु गरिदिनुपर्यो भन्ने आग्रह गर्न चाहन्छु।’
उनले थप सुविधा माग्दा जनतामा नकारात्मक सन्देश जाने भएकाले आफूले गाडी नमागेर केवल हिँड्ने बाटो मात्र मागेको स्पष्ट पारिन्। उनले अध्यक्षलाई सम्बोधन गर्दै भनिन्, ‘गाडीको माग तपाईंसँग गर्नु भएन। फेरि सांसदहरूले सुविधा मागे भन्छन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण