सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

सिद्धान्त अधिकारीलाई वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड

बिहीबार, ३१ वैशाख २०८३, १९ : ०१
बिहीबार, ३१ वैशाख २०८३

पोखरा । एथ्लेटिक्सका सिद्धान्त अधिकारी वर्ष उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको दसौँ रारा पोखरा स्पोर्टस् अवार्डमा उनी पुरस्कृत भएका हुन्।

वर्ष उत्कृष्ट प्रशिक्षकमा अधिकारीसँगै टेनिसका कुमार अधिकारी र तेक्वान्दोका रेखमाया गुरुङ मनोनयनमा परेका थिए ।

अधिकारीलाई नगद ३५ हजारसँगै अवार्ड र प्रमाणपत्र प्रदान गरिएको छ । पोखराका ३६ वर्षीय अधिकारी लामो समयदेखि खेलकुदमा होमिएका हुन् । उनले खेलाडी र प्रशिक्षक दुवै भूमिकामा आफूलाई अब्बल सावित गरेका छन् । उनले पाँचौँ र छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेर आफ्नो खेल जीवनको बलियो जग बसालेका थिए ।

नेपालमा सफलता पाएपछि अध्ययन र खेललाई निरन्तरता दिन उनी भारत गएर आर्मी स्पोट्र्स इन्स्टिच्युटबाट स्पोट्र्स साइन्समा डिप्लोमा गरे । एएसआईमा झण्डै एक वर्ष मध्य तथा लामो दूरीको प्रशिक्षकका रूपमा अनुभव बटुलेपछि उनी सन् २०१९ को अन्त्यतिर नेपाल फर्किए । त्यसपछि उनले २०२१ तिर सुनिल राजवंशीसँग मिलेर हिमालयन एलिट्स रन प्रोजेक्ट सुरु गरे ।

यही प्रोजेक्टमार्फत उनले खेलाडीहरूलाई निःशुल्क प्रशिक्षणका साथै रनिङ जुत्तालगायतका खेल सामग्री उपलब्ध गराउँदै आएका छन् । नारायणी भण्डारी, बादल कार्की, अनुष्का अधिकारीलगायत उदीयमान खेलाडी उनकै प्रशिक्षणमा अघि बढिरहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप