कास्की जिल्ला क्रिकेट संघ 'वर्ष उत्कृष्ट खेल संघ'बाट सम्मानित
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बिहीबार पोखरामा आयोजना गरेको दशौं रारा पोखरा स्पोर्टस् अवार्डअन्तर्गत कास्की जिल्ला क्रिकेट संघलाई 'वर्ष उत्कृष्ट खेल संघ'को अवार्ड प्रदान गरिएको छ ।
संघका अध्यक्ष सञ्जयकान्त सिग्देललाई नगद ३५ हजार रुपैयाँसहित अवार्ड र प्रमाणपत्र हस्तान्तरण गरियो ।
कास्की क्रिकेट संघको यात्रा २०४२ सालमा पोखरामा सम्पन्न दोस्रो राष्ट्रिय खेलकुदबाट औपचारिक रूपमा सुरु भएको थियो । त्यसको करिब एक दशकपछि २०५१ सालदेखि कास्कीले ‘जय ट्रफी’ राष्ट्रिय प्रतियोगितामा नियमित सहभागिता जनाउन थाल्यो ।
क्रिकेटलाई संस्थागत स्वरूप दिन २०५४ साल माघ १९ गते डा. वीरेन्द्र सिंह गुरुङको नेतृत्वमा कास्की जिल्ला क्रिकेट संघको विधिवत गठन गरियो । २०५८ सालमा नेपाल क्रिकेट संघका तत्कालीन महासचिव विनयराज पाण्डेको उपस्थितिमा यसलाई पुनर्गठन गरियो, जसले मैदान निर्माण र व्यवस्थापनमा नयाँ ऊर्जा थप्यो ।
डा. गुरुङ, देवेन्द्र प्रजु हुँदै वर्तमान अध्यक्ष सञ्जयकान्त सिग्देलसम्मको नेतृत्व शृंखलामा कास्कीको क्रिकेटले व्यावसायिक गति लिएको छ । हाल गण्डकी प्रदेश क्रिकेट संघमार्फत यो अभियान झनै सशक्त बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण