संघको दबाबपछि आइतबार पढाउने निर्णयबाट पछि हट्यो गोरखा नगरपालिका
सारांश
- संघीय सरकारले दुई दिन सार्वजनिक बिदा घोषणा गरे पनि गोरखा नगरपालिकाले शैक्षिक क्यालेन्डर पूरा गर्न आइतबार पनि पढाउने निर्णय गरेको थियो ।
- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दुई दिनको बिदा कार्यान्वयन गर्न निर्देशन दिएपछि नगरपालिका आफ्नो निर्णयबाट पछि हटेको छ ।
- पाठ्यक्रम अनुसार क्रेडिट आवर नपुग्ने भन्दै नगरपालिकाले आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो ।
पोखरा । संघ सरकारले शनिबार र आइतबार सार्वजनिक बिदाको घोषणा गरेको छ । तर शैक्षिक क्यालेन्डर पुरा नहुने भन्दै गोरखाका पालिकाहरूले संघ सरकारले तोकेको समय अगावै भर्ना र पढाइ सुरु गर्ने निर्णय गरे । मावि तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई छ । गोरखा नगरपालिकाले सोही अधिकार प्रयोग गर्दै आइतबार पनि पढाउने निर्णय गर्यो ।
साताको दुई दिन बिदा दिने निर्णय कार्यान्वयन गराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दबाब दिएपछि नगरपालिका अहिले आफ्नो निर्णयबाट पछि हटेको छ । केन्द्रले मंगलबार पत्राचार गर्दै सबै स्थानीय तह तथा विद्यालयलाई संघीय सरकारले गरेको दुई दिने बिदा कार्यान्वयन गराउन निर्देशन दिएको थियो ।
गत वैशाख २५ गते बसेको नगर कार्यपालिकाको बैठकले आइतबार पनि नगरभित्रका निजी तथा सामुदायिक विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरेको थियो । आइतबार बिदा गर्दा पाठ्यक्रम अनुसार क्रेडिट आवर नपुग्ने भएकाले विद्यालय सञ्चालन गर्ने निर्णय भएको नगर शिक्षा समिति संयोजक रहमतुल्ला मियाँले बताए ।
आइतबार विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गर्ने र त्यसवापत शिक्षकहरुलाई छुट्टै पारिश्रमिक दिने नगरपालिकाको तयारी थियो । अहिले शिक्षा विकास केन्द्रको निर्देशनपछि आइतबार पढाउने निर्णयमा अडिन नसकेको नगरपालिकाले नै जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण