बेलायतमा राजनीतिक सङ्कट गहिरियो, स्वास्थ्य मन्त्रीले दिए राजीनामा
लन्डन । बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले सत्तारूढ लेबर दलको सरकारबाट राजीनामा दिएका छन् । यस घटनाले प्रधानमन्त्री किर स्टार्मरमाथिको दबाब थप बढाएको छ । स्टार्मर प्रधानमन्त्री बनेको दुई वर्ष नपुग्दै उनको नेतृत्व सङ्कटमा परेको विश्लेषण गरिएको छ । बिहीबार माइक्रो ब्लगिङ वेबसाइट एक्समार्फत स्ट्रिटिङले स्टार्मरको नेतृत्वप्रति अब आफूलाई विश्वास नरहेको बताएका हुन् ।
उनले पछिल्लो स्थानीय निर्वाचनमा लेबर पार्टीले इंग्ल्याण्ड, स्कटल्याण्ड र वेल्सभर भोगेको हारका लागि पार्टीको अलोकप्रियता मुख्य कारण भएको उल्लेख गरे । ४३ वर्षीय स्ट्रिटिङले आफ्नो वक्तव्यमा भने- ‘अब स्पष्ट भइसकेको छ कि तपाईंले अर्काे आम निर्वाचनमा लेबर पार्टीको नेतृत्व गर्नुहुने छैन ।
सांसदहरू र ट्रेड युनियनहरू अब व्यक्तित्वको होइन, विचारको प्रतिस्पर्धा चाहन्छन् ।’ उनले पार्टीलाई नयाँ नेतृत्वका लागि उत्कृष्ट सम्भावित उम्मेदवारहरू अघि ल्याउन आह्वान पनि गरे । स्ट्रिटिङको राजीनामापछि केही घण्टामै लेबर सांसद जोश सिमन्सले पनि संसदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
उनको यो कदम एन्डी ब्रुनह्यामलाई पुनः संसदमा फर्काएर स्टार्मरलाई चुनौती दिने रणनीतिका रूपमा हेरिएको छ । यद्यपि स्ट्रिटिङले औपचारिक नेतृत्व प्रतिस्पर्धा सुरु गर्न आवश्यक ८१ सांसदको समर्थन जुटाइसकेको बताएका छैनन् । तर उनको निर्णयले स्टार्मरमाथिको दबाब अझ चर्किएको छ ।
हालसम्म चार जना कनिष्ठ मन्त्रीहरूले सरकार छोडिसकेका छन्, जसमा जेस फिलिप्स पनि समावेश छन् । त्यस्तै,८० भन्दा बढी सांसदहरूले स्टार्मरलाई राजीनामा दिन वा पदत्यागको स्पष्ट योजना सार्वजनिक गर्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण