कास्की प्रहरीको ‘सरप्राइज चेकिङ’ : एसपीसहितका उच्च अधिकारी आफैँ सडकमा
सारांश
- सवारी दुर्घटना न्यूनीकरण र प्रहरी कार्यसम्पादन सुधारका लागि कास्की प्रहरीले हेमजामा विशेष 'सरप्राइज चेकिङ' गरेको छ।
- प्रहरी उपरीक्षक नवीन कार्कीको नेतृत्वमा उच्च प्रहरी अधिकारीहरू आफैँ सडकमा उत्रिएर सवारी साधन जाँच र चालकहरूसँग सोधपुछ गरेका छन्।
- हेमजा खण्डमा सवारी साधनको गति तीव्र हुने र दुर्घटनाको जोखिम उच्च रहेकाले यो विशेष चेकिङ गरिएको हो।
कास्की । सवारी दुर्घटना न्यूनीकरण र प्रहरी कार्यसम्पादनमा सुधार ल्याउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा–२५, हेमजामा विशेष ‘सरप्राइज चेकिङ’ गरेको छ।
जिल्लाका उच्चपदस्थ प्रहरी अधिकारीहरू आफैँ सडकमा उत्रिएर सवारी साधनको जाँच र चालकहरूसँग सोधपुछ गरेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीको नेतृत्वमा यो आकस्मिक चेकिङ भएको हो।

यस विशेष अभियानमा प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेत, इलाका प्रहरी कार्यालय डाँडाको नाकका डीएसपी गुणराज बुढाथोकी र वडा प्रहरी कार्यालय बैदामका डीएसपी नमराज भट्टराई लगायत जिल्ला मातहतका सम्पूर्ण प्रहरी निरीक्षकहरूको सहभागिता रहेको थियो। चेकिङका क्रममा सिनियर प्रहरी अधिकृतहरू आफैँले सवारी चालक र यात्रुहरूसँग सोधपुछ तथा सवारी साधनको जाँच गरेका थिए।

अन्य दर्जाका प्रहरी कर्मचारीहरूलाई सवारी जाँच गर्ने सही तरिका, चालक तथा यात्रुहरूसँग गरिने शिष्ट व्यवहार र कार्यकुशलताबारे व्यावहारिक ज्ञान सिकाउन यो अभ्यास प्रभावकारी भएको एसपी नवीन कार्कीले जानकारी दिए।

मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने हेमजा खण्ड पछिल्लो समय ‘भाइरल रोड’ का रूपमा चर्चित छ। यस सडक खण्डमा सवारी साधनको गति तीव्र हुने र दुर्घटनाको जोखिम उच्च रहने भएकाले विशेष चेकिङ गरिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताए।

अधिकृतहरूले चेकिङ गरिरहँदा अन्य सुरक्षाकर्मीहरूले त्यसको सूक्ष्म अवलोकन गरेका थिए। सडक सुरक्षा सुनिश्चित गर्न र ट्राफिक नियमको पूर्ण पालना गराउन प्रहरीले यस्तो सक्रियता देखाएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण