बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रिय दलित आयोगका सदस्यले दिए राजीनामा

शुक्रबार, ०१ जेठ २०८३, १३ : ५२
शुक्रबार, ०१ जेठ २०८३

काठमाडौँ । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार आफ्नो राजीनामा बुझाएका हुन्। 

कामीले नेपालको संविधानको धारा २५५ को उपधारा (४) को (क) बमोजिम सदस्य पदबाट राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार कामीको राजीनामा २०८३ जेठ १ गते शुक्रबारदेखि नै लागू हुनेगरी बुझाइएको छ।

696167889_1638973954001730_7021401652944828405_n
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप