'रोल नं १' को ट्रेलर युट्युबमा
काठमाडौँ । जेठ १५ गतेबाट 'रोल नं १' प्रदर्शनमा आउँदै छ । जोन योञ्जनको निर्देशन रहेको फिल्मको शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । छोराले राम्रोसँग पढेर गाउँमा इज्जत राखिदियोस् भन्ने बुवाको चाहना र छोराको अर्काे रुचि ट्रेलरमा देखाइएको छ ।
गरिब भएकै कारण कसरी विद्यार्थी छात्रवृत्ति पाउनबाट बञ्चित हुन्छन् । पुरानै सोचमा जकेडिएको समाज र त्यसले गरिबलाई दिने दुःख फिल्मको ट्रेलरले झल्काउँछ ।
विनोद पौडेलको निर्माण रहेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । फिल्मको बाल–कलाकारमा निर्भीक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ छन् ।
विनोद पौडेल र जाह्न्वी पौडेल निर्माता रहेको फिल्मको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं हुन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् भने छायांकन शिवराम श्रेष्ठको छ । फिल्ममा प्रशान्त शिवाकोटीको संगीत छ । रिच इन्टरटेन्मेन्ट र जे एम फिल्मले वितरण गर्ने फिल्म विदेशमा पनि प्रदर्शनमा आउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण