परराष्ट्र मन्त्रालय र प्रतिष्ठानद्वारा ग्रीष्मकालीन इन्टर्नसिप २०२६ को सुरुवात
सारांश
- परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले संयुक्त रुपमा ग्रीष्मकालीन इन्टर्नसिप २०२६ को सुरुवात गरेका छन्।
- यो कार्यक्रम नेपालको अन्तर्राष्ट्रिय र कूटनीतिक सम्बन्धलाई प्रभावकारी बनाउन पाँच प्रमुख क्षेत्रमा नीतिगत अध्ययन र अनुसन्धानमा केन्द्रित रहनेछ।
- यस इन्टर्नसिपले स्वदेश तथा विदेशमा रहेका नेपाली विद्यार्थी, अनुसन्धानकर्ता र विज्ञहरूको ज्ञानलाई देशको नीति निर्माणसँग जोड्ने लक्ष्य राखेको छ।
काठमाडौँ । परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा ग्रीष्मकालीन इन्टर्नसिप २०२६ को सुरुवात गरिएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले यस कार्यक्रमबारे जानकारी गराएका हुन्।
नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक सम्बन्धलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण रहेका पाँच प्रमुख क्षेत्रहरूमा केन्द्रित रहेर यस कार्यक्रम अन्तर्गत नीतिगत अध्ययन अनुसन्धान गरिनेछ।
यस इन्टर्नसिपका लागि रणनीतिक मामिला, विकास तथा वित्त, उदीयमान प्रविधि, स्वच्छ ऊर्जा तथा नेपाली डायस्पोरा सम्बन्धी पाँच प्रमुख क्षेत्रहरू निर्धारण गरिएका छन्।
नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक सम्बन्धमा रुचि राख्ने सम्पूर्ण स्वदेश तथा विदेशमा रहेका नेपाली विद्यार्थी, अनुसन्धानकर्ता र विज्ञहरूको ज्ञान, अनुभव र ऊर्जालाई देशको नीति निर्माणको मूलधारसँग प्रत्यक्ष जोड्न यो ग्रीष्मकालीन इन्टर्नसिप २०२६ आव्हान गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण