महाकाली नदीमा अलपत्र ४ लेनको पुलको ठेक्का रद्द
सारांश
- सडक विभाग अन्तर्गतको सडक सुधार तथा विकास आयोजना निर्देशनालयले महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण गर्ने ठेक्का रद्द गरेको छ ।
- सम्झौता बमोजिम काम नगरेको र लामो समयदेखि कार्यस्थलमा अनुपस्थित रहेको भन्दै कुमार–सीएफईसी जेभीसँगको ठेक्का सम्झौता अन्त्य गरिएको हो ।
- निर्देशनालयले अब पोस्ट–टर्मिनेशन इभ्यालुएसन गरी सरकारलाई हुनुपर्ने क्षति वा असुल गर्नुपर्ने रकम सरकारी बाँकी सरह असुल उपर गर्ने प्रक्रिया अगाडि बढाउने जनाएको छ ।
काठमाडौँ । सडक विभाग अन्तर्गतको सडक सुधार तथा विकास आयोजना निर्देशनालयले महाकाली नदीमा ४ लेनको पक्की पुल निर्माण गर्ने ठेक्का रद्द गरेको छ । सम्झौता बमोजिम काम नगरेको र लामो समयदेखि कार्यस्थलमा अनुपस्थित रहेको भन्दै कुमार–सीएफईसी जेभीसँगको ठेक्का सम्झौता अन्त्य गरिएको हो ।
निर्देशनालयले शुक्रबार (२०८१ जेठ १ गते) एक सार्वजनिक सूचना जारी गर्दै ठेक्का नम्बर RIP/3371334/MBP-01/073/74 महाकाली नदीमाथि चार लेनको आरसीसी बक्स गर्डर पुल निर्माणको ठेक्का रद्द भएको जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार निर्माण व्यवसायीलाई पटक–पटक पत्राचार गर्दा पनि काम सम्पन्न गर्न चासो नदेखाएको र ठेक्कालाई अलपत्र पारेकोले वैशाख ३१ गतेको निर्णयअनुसार सम्झौता तोडिएको हो ।
सूचनामा उल्लेख भएअनुसार, निर्माण व्यवसायी लामो समयसम्म निर्माण स्थलमा अनुपस्थित रही ठेक्का अलपत्र पारेका कारण ठेक्का रद्द गरिएको हो । यो निर्णय सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ तथा ठेक्का सम्झौताका विभिन्न बुँदाहरूमा आधारित छ ।
निर्देशनालयले अब पोस्ट–टर्मिनेशन इभ्यालुएसन गरी सरकारलाई हुनुपर्ने क्षति वा असुल गर्नुपर्ने रकम सरकारी बाँकी सरह असुल उपर गर्ने प्रक्रिया अगाडि बढाउने जनाएको छ ।
साथै आयोजना निर्देशनालयले सम्बन्धित निर्माण व्यवसायीलाई सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र महाकाली पुल योजना कार्यालय, महेन्द्रनगर, कञ्चनपुरमा सम्पर्क राखी वित्तीय फरफारक गर्न निर्देशन दिएको छ ।
तोकिएको समयभित्र सम्पर्कमा नआए कानुन बमोजिम थप कारबाही प्रक्रिया अघि बढाइने समेत सूचनामा उल्लेख छ ।
_ZUbXC237vu.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण