सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

‘वास्तविक नेतृत्वले संस्थालाई कमजोर पारेर आफूलाई कहिल्यै हिरो देखाउँदैन’

शनिबार, ०२ जेठ २०८३, १४ : ३४
शनिबार, ०२ जेठ २०८३

सारांश

  • नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले व्यक्तिभन्दा संस्था ठुलो हुने र व्यक्ति क्षणिक भए पनि संस्था स्थायी हुने बताएका छन् ।
  • उनले वास्तविक नेतृत्वले संस्थालाई कमजोर पारेर आफूलाई हिरो नदेखाउने बरु संस्थालाई बलियो, जवाफदेही र स्थिर बनाउने बताए ।
  • उनले लोकतन्त्रमा नेताभन्दा संस्था शक्तिशाली हुने र कुनै नेताले आफूलाई संस्थाभन्दा माथि ठाने लोकतन्त्र सङ्कटमा पर्ने बताए ।

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले व्यक्तिभन्दा संस्था ठुलो हुने बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रवक्ता चालिसेले व्यक्ति क्षणिक र संस्था स्थायी हुने बताए ।

उनले लेखेका छन्,’लोकतन्त्रमा व्यक्तिका इच्छाहरू प्रक्रियाको अधीनस्थ हुन्छन् र प्रक्रिया सवैका लागि समान हुन्छ । प्रक्रियाले संस्था चलाउँछ, किनकि व्यक्ति क्षणिक हुन्छ, संस्था स्थायी हुन्छ ।’ 

उनले वास्तविक नेतृत्वले संस्थालाई कमजोर पारेर आफूलाई हिरो कहिल्यै पनि नदेखाउने बताए । बरु नेतृत्वले संस्थालाई अझ बलियो,जवाफदेही र स्थिर बनाउने बताए । 

लोकतन्त्रमा नेता शक्तिशाली नभई संस्था शक्तिशाली हुने समेत बताए ।

उनले लेखेका छन्,‘जब कुनै नेता आफूलाई संस्थाभन्दा माथि ठान्छ, संस्थाबाहेक आफूलाई मान्छ र प्रक्रियालाई बोझ ठान्छ, त्यतिवेला लोकतन्त्र सङ्कटमा पर्छ। वास्तविक नेतृत्व भनेको संस्थालाई कमजोर पारेर आफूलाई हिरो देखाउने होइन, बरु संस्थालाई अझ बलियो जवाफदेही र स्थिर बनाउने हो।’

‘व्यक्ति आउँछन्, जान्छन् । तर संस्था रहिरहनु पर्छ ।राजनीतिमा व्यक्तिको महत्त्व अवश्य हुन्छ, उसको व्यक्तित्व संस्थाको सहयोगी भूमिकामा हुनु पर्दछ,’प्रवक्ता चालिसेले भने । 

अधैर्य नेताभन्दा धैर्यवान संस्था सधैँ सुरक्षित हुने समेत बताए । पार्टी वा राष्ट्र आवेगले नभई संस्थाको सन्तुलनले सञ्चालन हुने बताए । 

लोकतन्त्रले संस्था र विधि–विधानलाई पार्टीभित्र र सरकारमा महत्त्व दिएको समेत बताए । 

deb

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप