सिरहामा सशस्त्र प्रहरीद्वारा करिब ४० लाख बराबरको ओखरसहित ट्रक नियन्त्रणमा
सिरहा । सिरहाको नवराजपुर गाउँपालिका क्षेत्रमा सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको ओखर, टुथपेस्ट तथा फेर एण्ड लब्लीसहित ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले स १ ख ५३५ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । नेपालबाट भारततर्फ अवैध रूपमा तस्करी गर्न लागिएको आशङ्कामा ट्रकलाई चालकसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएको ट्रक हाल सिरहाको सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहामा राखिएको सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) श्याम बाबु यादवले जानकारी दिए ।
उनका अनुसार बरामद सामानको यकिन परिमाण तथा मूल्याङ्कन कार्य भइरहेको छ । अहिले नै सम्पूर्ण विवरण भन्न सकिने अवस्था छैन, भोलि बिहान मात्रै सामानको परिमाण र मूल्याङ्कन सार्वजनिक गर्न सकिन्छ डिएसपी यादवले बताए ।
ट्रक नियन्त्रणमा लिन प्रहरी र तस्करहरूबिच झडप समेत भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाले जनाएको छ । यो विषय थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) श्याम बाबु यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
-
इरानलाई हतियार बिक्री नगर्न रुस र चीनलाई अमेरिकी राष्ट्रपतिको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण