प्रदेश स्याउ विकास बोर्ड स्थापना गर्न राय माग
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश स्याउ विकास बोर्ड स्थापना गर्न छलफल सुरु गरेको छ । साविक कर्णालीका प्रदेशसभा सदस्यहरूसँग छलफल सुरु भएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री तथा सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए ।
उनले भने, “कर्णाली प्रदेश स्याउ विकास बोर्ड स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार तथा सुझाव सङ्कलन गर्ने काम भएको छ । यसलाई किसानमैत्री, जनजीविकाको सवाललाई उच्चतम रूपमा सम्बोधन गर्न सुझाव आएका छन् ।”
छलफलमा डोल्पा, हुम्ला, मुगु, जुम्ला र कालिकोटमा प्रदेशसभा सदस्यहरूसँग छलफल भएको छ । बर्सेनि सडक तथा अन्य कारणले गर्दा किसानले उत्पादन गरेका स्याउमा क्षति हुँदा समस्या हुने गरेकाले यसलाई हल गर्न प्रदेश सरकारले स्याउ विकास बोर्ड नै गठन गर्नुपरेको मन्त्री शाहले बताए । स्याउ पाइने ठाउँमा गएर स्थलगत रूपमा अध्ययनसमेत भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण