रामकाजी भुजेलको निर्देशनमा कमेडी फिल्म ‘लोकल लभ’ बन्ने
आइतबार, ०३ जेठ २०८३, १३ : ०१
काठमाडौँ । कमेडी जनरामा फिल्म ‘लोकल लभ’ बन्ने भएको छ । खापुङहाङ फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको शनिबार काठमाडौँमा शुभमुहूर्त गरियो ।
रामकाजी भुजेलले निर्देशन गर्ने ‘लोकल लभ’मा सुभाष मेचे, परी शाक्य, साजन थापा मगर, कृष्णभक्त महर्जन, राज शर्मा पंगेनी, राजेन्द्र डंगोल, शान्ता प्रजापति लगायत कलाकारको अभिनय रहनेछ ।
फिल्ममा विकास चौधरीको संगीत, विक्रम डिसीको छायांकन र दीपेन्द्र खड्काको गीत रचना रहनेछ । फिल्मको निर्मातामा तुलसी खापुङ र वीरू गुरुङ छन् । जेठ दोस्रो साताबाट पूर्वका इलाम लगायत स्थानमा फिल्मको छायांकन सुरू गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण