युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन
काठमाडौँ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएकामध्ये भाखा नाघिएको ऋणवापतको रु ६७ करोड १९ लाख ६४ हजार असुल गर्नुपर्ने देखिएको छ ।
महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ ले युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सहुुलियत) नियमावली, २०७७ को नियम १६ मा कर्जा लागानी गर्ने व्यवस्थाअनुसार कोष र ऋणीबिच ऋण सम्झौताको शर्त अनुसार साँवा र ब्याज समयमा नआउँदा हर्जनासमेत गरी सो रकम असुल गर्नुपर्ने देखाएको हो ।
कोष र ऋणीबिच पाँचवर्षे लगानी सम्झौता हुँदा ऋण अवधि ४२ महिना रहने र सम्झौताअनुसार समयमा किस्ता नबुझाउँदा रकमको थप दुई प्रतिशत ब्याज लाग्ने व्यवस्था छ । कोषको २०८२ असार मसान्तसम्म रू दुई अर्ब ३३ करोड ९४ लाख ५६ हजार कर्जाको साँवा बक्यौता देखिएको छ ।
तीमध्ये कोषको अभिलेखअनुसार ४३२ सहकारी संस्थाबाट रु ५७ करोड ९७ लाख १८ हजार साँवा तथा ब्याज रू आठ करोड ४६ लाख ९८ हजार र हर्जाना रू २३ लाख ८२ हजार कर्जा असुल गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण