शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

सलमानको रोचक खुलासा : आजसम्म कुनै पनि फिल्मको स्क्रिप्ट पढेको छैन

आइतबार, ०३ जेठ २०८३, १७ : ५८
आइतबार, ०३ जेठ २०८३

सारांश

  • बलिउड सुपरस्टार सलमान खानले आफूले अहिलेसम्म कुनै पनि फिल्मको स्क्रिप्ट नपढेको बताएका छन् ।
  • उनले फिल्मको कथा सुन्ने गरेको तर स्क्रिप्ट भने कहिल्यै नपढेको स्पष्ट पारे ।
  • सलमान चाँडै नै फिल्म 'मातृभूमि' मा चित्रांगदा सिंहसँग देखिनेछन्, जसको प्रदर्शन मिति भने सारिएको छ ।

मुम्बई । ‘भाइजान’को रुपमा परिचित बलिउडका सुपरस्टार सलमान खानले आफूले अहिलेसम्म कुनैपनि फिल्मको स्क्रिप्ट नपढेको बताएका छन् । 

बलिउड मिडिया ‘भेराइटी इन्डिया’सँगको कुराकानीमा उनले यस्तो बताउका हुन् । ‘मैले आफ्नो जीवनमा कहिल्यै स्क्रिप्ट पढेको छैन । मैले स्क्रिप्टहरू लेखेको छु, तर पढेको चाहिँ छैन’ उनले भनेका छन् । फिल्मको कथा सुन्ने तर स्क्रिप्ट नै नपढ्ने गरेको उनको भनाई छ । सोही अन्तर्वार्तामा सलमानले आफ्नो विलासी घडीका बारेमा पनि चर्चा गरेका छन् ।

सलमानले अहिलेसम्मको फिल्मी करियरमा मुख्य, सहायक र विशेष भूमिका गरेर गरी १२० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । 

सलमान चाँडै नै फिल्म ‘मातृभूमि’मा देखिनेछन् । यसअघि यो फिल्मको नाम ‘ब्याटल अफ गलवान’ राखिएको थियो । 

फिल्ममा सलमानको साथमा अभिनेत्री चित्रांगदा सिंह पनि देखिनेछिन् । फिल्म सुरुमा अप्रिल १७ मा रिलिज हुने तय भएको थियो, तर प्राविधिक कारणले प्रदर्शन मिति सारिएको छ । निर्माण पक्षले फिल्मको नयाँ रिलिज मिति घोषणा गर्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप