पञ्जाबलाई हराउँदै बेंगलुरु बन्यो जारी आईपीएलको प्लेअफमा प्रवेश गर्ने पहिलो टिम
धर्मशाला । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको आफ्नो पहिलो खेलमा पञ्जाब किंग्सलाई २३ रनले पराजित गरेको छ ।
धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंगलुरुले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २२२ रनको विशाल योगफल खडा गरेको थियो । जवाफमा पञ्जाबले ८ विकेट गुमाउँदै मात्र १९९ रन बनाउन सक्यो ।
यो जितसँगै बेंगलुरुले १८ अंक बटुलेको छ र यस सिजनमा प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ । उता, पञ्जाब किंग्सको भने यो लगातार छैटौं हार हो ।
२२३ रनको विशाल लक्ष्य पछ्याएको पञ्जाबको सुरुवात निकै खराब रह्यो । उसले १९ रन बनाउँदासम्म महत्त्वपूर्ण ३ विकेट गुमाइसकेको थियो । पछि कूपर कोनोली, मार्कस स्टोयनिस र शशांक सिंहले केही संघर्ष गरे । शशांकहले २७ बलमा ५६ रनको आक्रामक अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।
यसअघि वैंक्टेश्वर अय्यरले ४० बलमा नटआउट ७३ रन बनाएर बेंगलुरुको इनिङ उकासेका थिए । आज विराट कोहलीले पनि ३७ बलमा ५८ रन जोडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण