सहकारी बैंकको सञ्चालक : ६ प्रदेशमा निर्विरोध, बागमतीमा निर्वाचन हुने
काठमाडौँ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचनका लागि छ प्रदेशका सञ्चालक निर्विरोध निर्वातिच भएका छन् । निर्वाचनका क्रममा लेखा सुपरीवेक्षण समितिमा एक जना संयोजकसहित दुई सदस्य निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।
बागमती प्रदेशबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकका लागि भने यही जेठ ९ गते निर्वाचन हुने कार्यक्रम तय भएको हो । बागमती प्रदेशको सञ्चालकका लागि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी दलसहित तीन दलले साझा उम्मेदवार घोषणा गरेका छन् । तीन दलले संयुक्त रूपमा बागमती प्रदेशको सञ्चालकका लागि डा परितोष पौडेललाई सञ्चालक उम्मेदवार घोषणा गरेका हुन् ।
उम्मेद्वार घोषणा गर्न आज आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गीता सत्याल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता केशव बडाल, खगराज अधिकारी र डा खेमप्रसाद लोहनी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य लीलामणि पोखरेललगायतले अहिलेको परिस्थितिमा सहकारीको मूल्य, मान्यता अनुसार सहकारी अभियान सञ्चालन गर्न साझा उम्मेदवार घोषणा गरी निर्वाचित गर्ने प्रतिबद्धता जनाए ।
राष्ट्रिय सहकारी महासङ्घका कार्यवाहक अध्यक्ष रमेश पोखरेल र बागमती प्रदेश सञ्चालक पदका उम्मेदवार पौडेलले सहकारी अभियानलाई पारदर्शी, जवाफदेही र जिम्मेवार रूपमा अघि बढाउन आज बेलुकीसम्म साझा घोषणापत्र तयार पारी सार्वजनिक गरिने जानकारी गराए । बागमती प्रदेशको सञ्चालकको निर्वाचनका लागि मतदान भने सात वटै प्रदेशका प्रतिनिधिले गर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण