दिल्ली क्यापिटल्सको रोमाञ्चक जित, राजस्थान रोयल्स ५ विकेटले पराजित
सारांश
- इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको छ ।
- नयाँ दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा भएको खेलमा दिल्लीले १९४ रनको लक्ष्य ४ बल बाँकी छँदै सफलतापूर्वक पछ्यायो ।
- यो जितसँगै दिल्लीले प्लेअफमा पुग्ने आफ्नो सम्भावनालाई जीवितै राखेको छ ।
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको छ । नयाँ दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा भएको यो खेलमा दिल्लीले १९४ रनको लक्ष्य ४ बल बाँकी छँदै सफलतापूर्वक पछ्यायो । यो जितसँगै दिल्लीले प्लेअफमा पुग्ने आफ्नो सम्भावनालाई जीवितै राखेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९३ रनको बलियो योगफल तयार पारेको थियो। राजस्थानका लागि ध्रुव जुरेलले ४० बलमा ५३ रन तथा रियान परागले २६ बलमा ५१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, वैभव सूर्यवंशीले पनि २१ बलमा ४६ रनको महत्त्वपूर्ण योगदान दिए । दिल्लीका बलर मिचेल स्टार्कले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा ४० रन खर्चेर ४ विकेट लिए भने लुंगी एनगिडी र माधव तिवारीले समान २(२ विकेट लिए ।
१९४ रनको विजयी लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले १९.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । दिल्लीको जितमा कप्तान केएल राहुलले ४२ बलमा ५६ रन र अभिषेक पोरेलले ३१ बलमा ५१ रनको शानदार अर्धशतकीय इनिङ्स खेले । अन्त्यमा अक्षर पटेलले अविजित रहँदै १८ बलमा ३४ रन जोडेर टोलीलाई जित दिलाए। राजस्थानका लागि जोफ्रा आर्चर र बृजेश शर्माले २–२ विकेट लिए भने दसुन शनाकाले १ विकेट हात पारे ।
यो जितपछि दिल्ली क्यापिटल्सको प्लेअफ सम्भावना बलियो बनेको छ भने राजस्थानको यात्रा थप कठिन बनेको छ। खेलअघि दिल्ली १२ खेलबाट १० अंकसहित सातौँ स्थानमा थियो भने राजस्थान ११ खेलबाट १२ अंकसहित पाँचौँ स्थानमा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण