शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
मौसम पूर्वानुमान

मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

सोमबार, ०४ जेठ २०८३, ०५ : ५३
सोमबार, ०४ जेठ २०८३

सारांश

  • हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
  • आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगमा सामान्य बदली रहनेछ, कर्णालीको हिमाली भेग र मधेश प्रदेशमा आंशिक बदलीको सम्भावना छ।
  • आगामी दिनमा कोशी प्रदेशका केही स्थान र बागमती तथा गण्डकी प्रदेशका हिमाली-पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार यसै प्रभावका कारण हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। त्यस्तै कर्णाली प्रदेशको हिमाली भू-भाग र मधेश प्रदेशमा आंशिक बादल लाग्ने सम्भावना छ भने बाँकी हिमाली, पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। 

आगामी समयमा कोशी प्रदेशका थोरै स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप