हार्दिक र माहिकाको विवाह हुन लागेको दाबी
सारांश
- हार्दिक पाण्ड्या र माहिका शर्माले मे २२ मा राजस्थानको उदयपुरमा विवाह गर्न लागेको दाबी सामाजिक सञ्जालमा गरिएको छ।
- सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले माहिका खेल हेर्न रंगशालामा उपस्थित हुने गरेको र हार्दिक खेलपछि उनी भएको ठाउँमा जाने गरेको दाबी गरेका छन्।
- हार्दिकले मे २०२० मा नताशा स्टेनकोभिकसँग विवाह गरेका थिए र २०२४ मा उनीहरू अलग भएका थिए।
मुम्बई । हार्दिक पाण्ड्या यतिबेला चोटका कारण आईपीएल २०२६ का केही खेलहरू खेल्न पाएका छैनन्।
यसैबिच सामाजिक सञ्जालमा उनी र उनकी गर्लफ्रेन्ड माहिका शर्माले विवाह गर्न लागेको दाबी गर्न थालिएको छ। यद्यपि दुवै पक्षबाट अहिलेसम्म यस विषयमा कुनै आधिकारिक बयान भने आएको छैन।
सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक प्रयोगकर्ताले हार्दिक र माहिकाले मे २२ मा राजस्थानको उदयपुरमा विवाह गर्न लागेको दाबी गरेका छन्। त्यस्तै अर्का एक प्रयोगकर्ताले आफ्नो पोस्टमा माहिका लगातार खेलहरूका दौरान रंगशालामा उपस्थित हुने गरेको र हार्दिक खेल सकिएपछि सिधै उनीभए ठाउँमा जाने गरेको दाबी गरेका छन्।
पोस्टमा टोलीको निजी छलफलहरू बाहिरिएको गुनासो आएपछि बीसीसीआईले खेलाडीका गर्लफ्रेन्डहरूलाई टोलीको क्याम्पमा आउन कडाइ गरेको कुरा पनि उल्लेख छ। हार्दिक यी नियमहरूबाट असन्तुष्ट बनेको र सोही कारणले विवाह गर्ने निर्णय लिएको दाबी गरिएको छ। तर यी दाबीहरूको कुनै आधिकारिक पुष्टि भएको छैन र सामाजिक सञ्जालका धेरै प्रयोगकर्ताहरूले यी भाइरल पोस्टहरूलाई नक्कली समेत भनिरहेका छन्।
हार्दिकले मे २०२० मा नताशा स्टेनकोभिकसँग विवाह गरेका थिए। सोही वर्ष जुलाई ३० मा नताशाले छोरा अगस्त्यलाई जन्म दिएकी थिइन्। सन् २०२४ मा उनीहरू अलग भए।
हार्दिक अहिले माहिका शर्मालाई डेट गरिरहेका छन् र उनले माहिकाको नामको पहिलो अक्षरको टैटू समेत बनाएका छन्। सन् २०२६ को टी२० विश्वकप जितपछि रंगशालामा उत्सव मनाउने क्रममा हार्दिक र माहिका सँगै देखिएका थिए।
दुवैको एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो, जसमा उनीहरू एक-अर्कासँग समय बिताउँदै गरेको देखिएका थिए। त्यस्तै फेब्रुअरी १९ मा हार्दिकले माहिकाको जन्मदिनमा इन्स्टाग्राममा तस्बिरहरू सेयर गर्दै ‘जन्मदिनको शुभकामना मेरी राजकुमारी’ भनी लेखेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण