एनआरएनए दक्षिण कोरियाद्वारा बुद्धको प्रचारसहित पर्यटन प्रवर्द्धन
सारांश
- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले 'बुद्ध वाज बर्न इन नेपाल' अभियानअन्तर्गत दोङम्योसान पर्वत आरोहण गरी नेपालको पर्यटन प्रवर्द्धन गरेको छ।
- यो अभियानले भगवान गौतम बुद्ध नेपालमा जन्मेको सन्देश अन्तर्राष्ट्रिय समुदायमा पुर्याउनुका साथै नेपाललाई पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा चिनाएको छ।
- एनआरएनए दक्षिण कोरियाका पदाधिकारीहरूले यस्ता कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र विदेशी भूमिमा नेपालको पहिचान स्थापित हुने बताएका छन्।
दक्षिण कोरिया । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले सन् २००८ देखि निरन्तर सञ्चालन गर्दै आएको 'बुद्ध वाज बर्न इन नेपाल' अभियानलाई निरन्तरता दिँदै आएको छ । सोही क्रममा आइतबार दक्षिण कोरियाको प्रसिद्ध दोङम्योसान पर्वत आरोहण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
उक्त आरोहणमार्फत भगवान गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको सन्देश अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउनुका साथै नेपाल सगरमाथा लगायतका हिमाल, पदयात्रा (ट्रेकिङ) र पर्यटनका लागि विश्वकै उत्कृष्ट गन्तव्य रहेको सन्देश प्रवाह गरिएको थियो।
कार्यक्रमका बारेमा बोल्दै एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बिपिन गुरुङले अभियान नेपाललाई विश्वमाझ चिनाउने महत्वपूर्ण कडी भएको बताए । उनले यस्ता कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्नुका साथै विदेशी भूमिमा नेपालको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।
त्यसैगरी, संस्थाका महासचिव नरेश शर्माले एनआरएनएका उद्देश्यहरूलाई आत्मसात गर्दै सन् २००८ देखि नै यो अभियानलाई प्राथमिकताका साथ सञ्चालन गरिएको जानकारी दिए । उनले आइतबारको पर्वत आरोहण कार्यक्रम पनि देशलाई विश्वभर चिनाउने अभियानकै एउटा अभिन्न अङ्ग भएको उल्लेख गरे ।
संस्थाका संरक्षक प्रकाश धमलाले कार्यक्रमको शैली पृथक र प्रभावकारी रहेको बताउँदै यस्तो राष्ट्रप्रेमी अभियानमा सहभागी हुन पाउनु गौरवको विषय भएको बताए । उनले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई आगामी दिनहरूमा पनि यस्तै सिर्जनात्मक र राष्ट्रहितका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्न सुझाव दिए ।
उक्त आरोहण कार्यक्रममा एनआरएनए दक्षिण कोरियाका वरिष्ठ सल्लाहकार जीवन खतिवडा, सल्लाहकार सन्तोष खड्का लगायत अन्य पदाधिकारी तथा नेपाली समुदायको विशिष्ट उपस्थिति रहेको थियो। सहभागीहरूले नेपालको झण्डा र बुद्धको सन्देश अंकित ब्यानर प्रदर्शन गर्दै पदयात्रा गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण