संसद् बैठक
हर्क साम्पाङको पार्टीले संसद्मा देखाएको पर्चामा के छ ?
सोमबार, ०४ जेठ २०८३, ११ : १९
१
सारांश
- प्रतिनिधिसभा बैठक चलिरहेको बेला हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले सभामुखको अगाडि पर्चासहित प्रदर्शन गरेको छ ।
- सो पार्टीका सांसदको छातीमा ‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्दै पर्छ’ लेखिएको पर्चा टाँसिएको थियो ।
- यस्तै प्रश्नदेखि भाग्न पाइँदै, जनमतलाई सम्मान गर, संसद छलेर अध्यादेश ल्याउन बन्द गर, संसदीय मर्यादा पालन गरजस्ता नारा समेत पर्चामा लेखिएको थियो ।
काठमाडौँ । प्रतिनिधि सभा बैठक चलिरहेको बेला हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले सभामुखको अगाडि पर्चासहित प्रदर्शन गरेको छ ।
सोमबार संसद् बैठक सुरु हुनासाथ गरिएको प्रदर्शनकामा सो पार्टीका सांसदको छातीमा ‘प्रधानमन्त्री संसद्प्रति जवाफदेही बन्नै पर्छ’ लेखिएको पर्चा टाँसिएको थियो ।
यस्तै पर्चामा प्रश्नदेखि भाग्न पाइँदैन, जनमतलाई सम्मान गर, संसद् छलेर अध्यादेश ल्याउन बन्द गर, संसदीय मर्यादा पालन गरजस्ता नारा समेत लेखिएको थियो।
यसरी श्रम संस्कृति पार्टीले संसद्भित्र प्रदर्शन गरेपछि मर्यादित बन्न सभामुख डाेलप्रसाद अर्यालले आग्रह गरेका छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण