उमर खालिदलाई धरौटीमा नछाड्ने आफ्नै फैसलामाथि भारतीय सर्वोच्च अदालतको प्रश्न
सारांश
- भारतको सर्वोच्च अदालतले दिल्ली दङ्गा षड्यन्त्र मुद्दामा उमर खालिदलाई धरौटीमा रिहा गर्न नदिने आफ्नै पूर्व फैसलामाथि प्रश्न उठाएको छ।
- अदालतले उक्त फैसलाले सन् २०२१ को 'युनियन अफ इन्डिया विरुद्ध केए नजिब' को फैसलाको ठीकसँग पालना नगरेको औँल्याएको छ।
- जस्टिस बीभी नागरत्ना र जस्टिस उज्ज्वल भुइयाँको इजलासले धरौटी नियम हो र जेल अपवाद भन्ने सिद्धान्त कडा कानुनमा पनि लागू हुने बताएको छ।
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले दिल्ली दङ्गाको षड्यन्त्र सम्बन्धी मुद्दामा उमर खालिदलाई धरौटीमा रिहा गर्न नदिने आफ्नै पूर्व फैसलामाथि प्रश्न उठाएको छ।
कानुनी अनलाइन पोर्टल ‘लाइभ ल’ का अनुसार अदालतले उक्त फैसलाले सन् २०२१ मा तीन न्यायाधीशको इजलासले गरेको ‘युनियन अफ इन्डिया विरुद्ध केए नजिब’ को फैसलाको ठीकसँग पालना नगरेको औँल्याएको हो।
उक्त नजिरमा मुद्दाको सुनुवाइ धेरै लामो समयसम्म लम्बिएमा गैरकानुनी गतिविधि (रोकथाम) ऐन (यूएपीए) अन्तर्गतका मुद्दाहरूमा पनि धरौटी दिन सकिने उल्लेख गरिएको थियो। जस्टिस बीभी नागरत्ना र जस्टिस उज्ज्वल भुइयाँको इजलासले सैयद इफ्तिखार अन्द्राबीको धरौटी स्वीकृत गर्ने क्रममा यस्तो टिप्पणी गरेको हो।
अन्द्राबी विगत ६ वर्षदेखि जेलमा छन् र उनीमाथि लागूपदार्थको तस्करीमार्फत ‘आतङ्कवाद’ लाई आर्थिक लगानी (फन्डिङ) गरेको आरोप छ। अदालतले सुनुवाइका क्रममा भनेको छ, ‘उमर खालिदलाई धरौटी नदिने फैसलामा सर्वोच्च अदालतको ठुलो इजलासको निर्णयको पालना गरिएन। धरौटी नियम हो र जेल अपवाद, यो सिद्धान्त यूएपीए जस्ता कडा कानुनहरूमा पनि लागू हुन्छ।’
यसका साथै अदालतले सन् २०२४ मा भएको ‘गुरविन्दर सिंह विरुद्ध युनियन अफ इन्डिया’ को फैसलाप्रति पनि असन्तुष्टि जनाएको छ। उक्त फैसलामा पनि केए नजिबको मुद्दामा कायम भएको नजिरलाई लागू नगरिएकाले अदालतले असन्तुष्टि व्यक्त गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण