सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसद् बैठक

कामु प्रधानन्यायाधीशले दिएको आदेशविरुद्ध प्रतिनिधिसभामा रास्वपा सांसदको आपत्ति

सोमबार, ०४ जेठ २०८३, १३ : ४३
सोमबार, ०४ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशमाथि आपत्ति जनाएका छन् ।
  • सांसद यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिसविरुद्ध दायर दरपिठ निवेदन दर्ता गरेर पेसी तोक्न आदेश दिने कामु प्रधानन्यायाधीशको कदममाथि प्रश्न उठाएका छन् ।
  • सांसद न्यौपानेले कन्फ्लिक्ट अफ इन्ट्रेस्टका आधारमा आदेश दिएको र सांसद बास्कोटाले न्याय सम्पादनभन्दा अन्य विषयमा चासो देखाएको आरोप लगाएका छन् ।

काठमाडौँ । सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले सोमबार दिएको आदेशविरुद्ध सत्तारुढ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले आपत्ति जनाएका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपा सांसदहरू यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले आपत्ति जनाएका हुन् ।  कामु प्रधानन्यायाधीश प्रधानले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिसविरुद्धको  निवेदन दर्ता गरेर पेसी तोक्न आदेश दिएकी थिइन् । त्यसबारे सदनमा रास्वपाका सांसदद्वय न्यौपाने र बास्कोटाले आपत्ति जनाएका हुन् । 

सांसद न्यौपानेले कामु प्रधानन्यायाधीश मल्लले 'कन्फिलिट अफ इन्ट्रेस्ट'का आधारमा आदेश दिएको जिरह गर्दै आपत्ति जनाएका हुन् । 

अर्की सांसद बास्कोटाले कामु प्रधानन्यायाधीश मल्लले न्याय सम्पादन नगरेर अन्य विषयमा चासो देखाएको आरोप लगाइन् । उनले दरपिठ भएका रिट दर्ता गर्नआदेश दिने कत्तिको न्यायोचित हो भन्ने प्रश्न समेत गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप