प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु, १३ इभेन्टमा २१८ खेलाडी प्रतिस्पर्धामा
सारांश
- नेपाली सेनाको आयोजनामा तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा “प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता–२०८३” आजबाट सुरु भएको छ।
- यस प्रतियोगितामा १३ वटा क्लबका २१८ जना खेलाडीहरूले १३ इभेन्टअन्तर्गत विभिन्न उमेर समूह र विधामा प्रतिस्पर्धा गर्नेछन्।
- जेठ १२ गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताले राष्ट्रिय स्तरमा टेनिस खेलप्रतिको आकर्षण बढाउनुका साथै नयाँ प्रतिभा पहिचान र खेल संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
काठमाडौँ । नेपाली सेनाको आयोजनामा तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा “प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता–२०८३” आजबाट सुरु भएको छ। प्रतियोगिताको उद्घाटन साेमबार नेपाली सेनाका बलाधिकृत रथी प्रदिप जंग के.सी. ले गरेका हुन्।
नेपाली सेनाले टेनिस खेलको विकास तथा खेलाडी उत्पादनमा योगदान पुर्याउने उद्देश्यसहित वि.सं. २०७८ देखि आयोजना गर्दै आएको यस प्रतियोगितामा यस वर्ष १३ वटा क्लबका २१८ जना खेलाडीहरूको सहभागिता रहेको छ। प्रतियोगितामा १३ वटा इभेन्टअन्तर्गत विभिन्न उमेर समूह र विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा खुल्लातर्फ पुरुष तथा महिला एकल र युगल खेल समावेश गरिएको छ भने भेट्रान्सतर्फ ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि, ६५ वर्षमाथि एकल तथा युगल र ७० वर्षमाथि एकल विधामा प्रतिस्पर्धा हुनेछ।
जेठ १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाल ओलम्पिक कमिटी का पदाधिकारी, विभिन्न टेनिस क्लबका प्रतिनिधि, नेपाली सेनाका उच्च अधिकृत, सञ्चारकर्मी तथा खेलाडीहरूको उपस्थिति रहेको थियो।
प्रतियोगिताले राष्ट्रिय स्तरमा टेनिस खेलप्रतिको आकर्षण बढाउनुका साथै नयाँ प्रतिभा पहिचान र खेल संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण