शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
आईपीएल

सनराइजर्स हैदरावाद प्लेअफमा, चेन्नईमाथि ५ विकेटको जित

सोमबार, ०४ जेठ २०८३, २३ : ५९
सोमबार, ०४ जेठ २०८३

काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत सोमबार भएको खेलमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । 

चेन्नईले प्रस्तुत गरेको १८१ रनको लक्ष्य हैदरावादले १९ ओभरमा ५ विकेट गुमाएर सफलतापूर्वक भेट्टायो । हैदरावादको जितमा ओपनर इशान किशनले विस्फोटक ब्याटिङ गर्दै ४७ बलमा सर्वाधिक ७० रनको योगदान दिए । उनलाई हेनरिक क्लासेनले ४७ रन र अभिषेक शर्माले २६ रन बनाएर राम्रो साथ दिएका थिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको चेन्नई सुपर किंग्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८० रन बनाएको थियो । चेन्नईका लागि डेवाल्ड ब्रेभिसले सर्वाधिक ४४ रन जोडे भने कार्तिक शर्माले ३२ तथा सञ्जु सामसनले २७ रनको योगदान दिए ।

बलिङतर्फ हैदरावादका कप्तान प्याट कमिन्सले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २८ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए । सकिब हुसैनले पनि २ विकेट हात पारे । चेन्नईका लागि मुकेश चौधरीले २ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

यो महत्त्वपूर्ण जितसँगै सनराइजर्स हैदरावादले प्रतियोगिताको प्लेअफमा स्थान पक्का गरेको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप