प्रस्तावित प्रधानन्यायाधीशमाथिको संसदीय सुनुवाइ आजदेखि
मङ्गलबार, ०५ जेठ २०८३, ०८ : ००
सारांश
- प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मामाथि आजदेखि संसदीय सुनुवाइ सुरु हुँदैछ ।
- संसदीय सुनुवाइ समितिको बैठकमा डा. शर्माको उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने कार्यसूची छ ।
- समितिले १० दिनको समय दिएर उजुरी आह्वान गर्दा १६ वटा उजुरी परेका छन् ।
काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश डा मनोज कुमार शर्मामाथि आजदेखि संसदीय सुनुवाइ सुरु हुँदैछ । आज बिहान ८ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा शर्मामाथि सुनुवाइ हुने भएको हो ।
बैठकमा डा शर्मा उपर परेका उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको छ ।
संसदीय सुनुवाइ समितिले २५ वैशाखमा १० दिनको समय दिएर उजुरी आह्वान गरेकामा सोमबार कार्यालय समयभित्र १६ वटा उजुरी परेको समितिकी उपसचिव साबित्रा शर्माले बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शरीर, स्वस्थ सृजना’ नारासहित मकवानपुरमा ‘आरोग्य साहित्यिक यात्रा’ हुँदै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण