सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सदनमा उठ्यो सांसदले विदेशी महिलालाई अलपत्र पारेको विषय

मङ्गलबार, ०५ जेठ २०८३, १५ : १५
मङ्गलबार, ०५ जेठ २०८३

सारांश

  • सदनमा सत्तारुढ दलका सांसदले नाइजेरियन महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषयमा नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्ण र नेकपाकी सांसद पार्वती विकले प्रश्न उठाएकी छन् ।
  • सांसद कृष्णकुमार कार्कीले मोरङ-२ बाट निर्वाचित सांसदले ती महिलालाई प्रेम जालमा पारी गर्भवती बनाएर भागेको विषय सामाजिक सञ्जालमा भाइरल भएको बताएका छन् ।
  • सांसद विकले सत्तारुढ पार्टीका सांसदले गरेको भनिएको घटनाको सत्यता सदनमा स्पष्ट पार्न माग गरेकी छन् भने सांसद कर्णले विदेशी महिलालाई नछाड्ने सांसदले आफ्नै देशका महिलालाई कसरी सम्मान गर्छन् भनी प्रश्न गरेकी छन् ।

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा विदेशी महिलालाई गर्भवती महिलालाई बनाएर अलपत्र पारेको विषय उठेको छ । प्रतिनिधि सभाको जारी बैठकमा नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्ण र नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले नाइजेरियन महिलालाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले गर्भवती बनाएको विषय उठाएका हुन् ।

मोरङ–२ बाट निर्वाचित सांसद कृष्णकुमार कार्कीले ती महिलालाई प्रेम जालमा पारेर गर्भवती बनाएर अलपत्र पारेर भागेको विषय सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

त्यो विषय सदनमा उठाउँदै सांसद विकले सत्तारुढ पार्टीका सांसदले गरेको भनिएको घटना के हो सदनमा स्पष्ट पार्न आग्रह गरिन् । ‘सत्तारुढ पार्टीका सांसदले विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषय सामाजिक सञ्जालमा भाइरल छ । यथार्थ घटना के हो यो सदन स्पष्ट हुन चाहन्छ,’ सांसद विकले भनिन् । 

त्यस्तै सांसद कर्णले विदेशी महिलालाई प्रेम जालमा फसाएर भावनात्मक व्ल्याकमेल गरेको बताइन् । उनले विदेशी महिलालाई त नछाड्ने सांसदले आफ्नो मुलुकका महिलालाई कसरी सम्मान गर्न सक्छ भन्दै प्रश्न गरिन् । उनले सदनलाई यथाशीघ्र सत्यतथ्य जानकारी गराउन आग्रह गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप