पाँच वर्षमा लागुऔषध प्रयोग शून्य बनाउन सांसद डाँगीको माग
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले पाँच वर्षभित्र नेपालमा लागुऔषध प्रयोग शून्यमा झार्न सरकारसँग माग गरेकी छन्।
- उनले निर्वाचन क्षेत्रमा जाँदा धेरै आमाबुबाहरूले आफ्ना छोराछोरीलाई लागुऔषधबाट जोगाउन आग्रह गरेको बताइन्।
- सांसद डाँगीले नेपालमा लागुऔषध प्रयोग र ओसारपसार राष्ट्रिय समस्या भएको र यसको प्रयोगकर्ता १ लाख ५० हजारभन्दा बढी रहेको तथ्यांक प्रस्तुत गरिन्।
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद निशा डाँगीले पाँच वर्षमा लागु औषध प्रयोग शून्य बनाउन सरकारसँग माग गरेकी छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै डाँगीले यस्तो माग गरेकी हुन् । उनले निर्वाचन क्षेत्रमा जाँदा धेरै आमाबुबाहरूले आँखाभरि आशु झारेर लागु औषधबाट आफ्ना छोराछोरीको रक्षा गर्न आह्वान गरेको पनि बताइन् ।
उनले झापा निर्वाचन क्षेत्र नम्बर १ मा मात्र होइन प्रत्येक सीमा नाकाका क्षेत्रमा यस्ता समस्या देख्न सुन्न पाइने गरेको सुनाइन् । उनले नेपालमा लागु औषधको प्रयोग र ओसार प्रसार राष्ट्रिय समस्याका रूपमा देखापरेको भन्दै लागु औषध ब्युरोका अनुसार १ लाख ५० हजारभन्दा बढी लागु औषध प्रयोगकर्ता रहेको पनि बताइन् ।
विशेषगरी यो समस्या सीमा क्षेत्रमा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै भनिन्, ‘यो पाँच वर्षमा ‘से नोटु ड्रग्स’ जस्ता अभियान सञ्चालन गर्न र लागु औषध प्रयोग शून्य बनाउन आग्रह छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७४ लाख ७० हजार रुपैयाँ ठगी भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग
-
अमेरिका र इराकबिच ४८ वटा सम्झौता
-
'कमैया मुक्ति फेरि दासताको चक्रमा फर्किन नपरोस्'
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण