सामसङ ग्यालेक्सी एस२६+ मा भारी क्यासब्याक अफर, ईएमआई सुविधा पनि
सारांश
- सामसङ नेपालले आफ्नो प्रिमियम स्मार्टफोन ग्यालेक्सी एस२६+ मा सीमित अवधिका लागि आकर्षक क्यासब्याक अफर ल्याएको छ ।
- यो अफर अन्तर्गत ग्यालेक्सी एस२६+ खरिद गर्दा ग्राहकहरूले २३ हजार रुपैयाँको तत्काल क्यासब्याक पाउने छन् ।
- साथै, एचएफएलमार्फत इन्स्टा फाइनान्सबाट २४ महिनासम्मको सजिलो ईएमआई सुविधा पनि उपलब्ध गराइरहेको छ ।
काठमाडौँ । सामसङ नेपालले आफ्नो प्रिमियम स्मार्टफोन ग्यालेक्सी एस२६+ मा सीमित अवधिका लागि आकर्षक क्यासब्याक अफर ल्याएको छ ।
यस अफरले प्रिमियम स्मार्टफोन खरिद गर्न चाहने ग्राहकहरूलाई अझ बढी बचत र सजिलो खरिदको उत्कृष्ट विकल्प उपलब्ध गराउने छ ।
यो सीमित अवधिको योजना अन्तर्गत ग्यालेक्सी एस२६+ खरिद गर्दा ग्राहकहरूले २३ हजार रुपैयाँको तत्काल क्यासब्याक पाउने छन् । यस भारी क्यासब्याक अफरसँगै उक्त फोनको विशेष बजार मूल्य १ लाख ८२ हजार ९ सय ९९ रुपैयाँबाट घटेर अब मात्र १ लाख ५९ हजार ९ सय ९९ रुपैयाँ कायम भएको छ । कम्पनीका अनुसार यो क्यासब्याक अफर मे १९ देखि जुन ३१ सम्मका लागि मात्र मान्य हुनेछ ।
स्मार्टफोनको खरिद प्रक्रियालाई अझ सरल र पहुँचयोग्य बनाउन सामसङ नेपालले एचएफएलमार्फत इन्स्टा फाइनान्सबाट २४ महिनासम्मको सजिलो ईएमआई सुविधा पनि उपलब्ध गराइरहेको छ । यस सुविधा अन्तर्गत ग्राहकले मासिक मात्र ४ हजार ३ सय ४१ रुपैयाँको सुरुवाती किस्ता तिरेर यो फोन खरिद गर्न सक्ने छन् ।
ग्राहकहरूले आवश्यक भेरिफिकेसनका लागि आफ्नो नागरिकता मात्र देखाएर यो किस्ताबन्दी सुविधा सजिलै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण