२० दिनका लागि बिदामा बसिन् न्यायाधीश मल्ल
सारांश
- प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले पदभार ग्रहण गरेसँगै वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान २० दिनका लागि बिदामा बसेकी छिन् ।
- न्यायाधीश प्रधानले आफैले बिदा स्वीकृत गरेर आजदेखि बिदा बसेको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
- संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गरेपछि न्यायाधीश प्रधान असन्तुष्ट थिइन् ।
काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले पदभार ग्रहण गरेसँगै वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान २० दिनका लागि बिदामा बसेकी छिन् । न्यायाधीश प्रधानले आफैले बिदा स्वीकृत गरेर आजदेखि बिदा बसेको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
मंगलबार शर्मा प्रधानन्यायाधीशको पदभार ग्रहणका लागि सर्वोच्च आउनुअघि नै न्यायाधीश प्रधानले आज (बुधबार)बाट लागू हुने गरी २० दिने बिदा स्वीकृत गरेकी हुन् । यसअघिका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले २०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गरेपछि न्यायाधीश प्रधान असन्तुष्ट थिइन् । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गरेको दोस्रो दिन कामु प्रधानन्यायाधीशको हैसियतमा मल्लले फुलकोर्ट बैठक बोलाएकी थिइन् ।
फुलकोर्ट बैठकमा प्रधानन्यायाधीश सिफारिसको विषयमा नोकझोक भएपछि शर्मा वैशाख २५ गतेदेखि इजलास बसेका थिएनन् । प्रधानन्यायाधीशको पदभार ग्रहण गरेसँगै आजदेखि शर्मा इजलासमा बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण