सशस्त्रका १३ जना डीएसपी एसपीमा बढुवा सिफारिस
बुधबार, ०६ जेठ २०८३, ११ : ४८
सारांश
- सशस्त्र प्रहरीको साधारण समूहतर्फका १३ जना नायब उपरीक्षक (डीएसपी)हरूलाई उपरीक्षक (एसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।
- बुधबार बसेको बढुवा समितिको बैठकले एसपी बढुवा सिफारिसको सूचना प्रकाशन गरेको हो ।
- सिफारिस उपर चित्त नबुझेमा प्रतिस्पर्धीहरूले ७ दिनभित्र उजुरी सुन्ने समितिमा उजुरी दिनुपर्ने छ ।
काठमाडौँ । सशस्त्र प्रहरीको साधारण समूहतर्फका १३ जना नायब उपरीक्षक (डीएसपी)हरूलाई उपरीक्षक (एसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ । बुधबार बसेको बढुवा समितिको बैठकले एसपी बढुवा सिफारिसको सूचना प्रकाशन गरेको हो ।
बढुवा सिफारिस हुनेमा हरिबहादुर गुरुङ, दीपकराज बराल, गणेशबहादुर शाह, लभकुमार सापकोटा, सचिन कर्माचार्य, दीपकबहादुर कुँवर, किरणकुमार कठायत, दीपकबहादुर विष्ट, भुवनसिंह ठकुरी, रामचन्द्र थापा, जगतसिंह डागा, नवीन सिंह राई र पङ्कज पौडेल छन् ।
बढुवा समितिका सदस्य सचिव डीआईजी दीपक अधिकारीले जारी गरेको सिफारिस सूचना अनुसार माथिल्लो पदमा बढुवा नियुक्ति पश्चात् रिक्त हुन आउने पदमा उनीहरूलाई बढुवा गर्न सिफारिस गरिएको हो ।
सिफारिस उपर चित्त नबुझेमा प्रतिस्पर्धीहरूले ७ दिनभित्र उजुरी सुन्ने समितिमा उजुरी दिनुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा भएको तोडफोडपछि खण्डहर बन्दै सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (तस्बिरहरू)
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कराँची तट नजिक सम्पर्कविहीन कार्गो विमानको खोजी जारी
-
अमेरिकाद्वारा इरानमा व्यापक हवाई हमला
-
टर्कीलाई एफ–३५ बेच्ने अमेरिकी योजनाको नेतन्याहूले गरे विरोध
-
रौतहटमा जग्गाको विषयमा विवाद हुँदा एक जनाको हत्या, बाबु-छोरा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण