अमेरिकी सिनेटमा पारित भयो ट्रम्पको युद्ध अधिकार सीमित गर्ने प्रस्ताव
सारांश
- अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्ध अधिकार सीमित गर्ने प्रस्ताव पारित गरेको छ ।
- यो प्रस्तावले संसदीय स्वीकृतिबिना इरानविरुद्ध सैन्य शक्ति प्रयोग गर्नबाट रोक्ने प्रयास गर्नेछ ।
- यसलाई ट्रम्पमाथिको दुर्लभ राजनीतिक चुनौतीका रूपमा हेरिएको छ, जसले रिपब्लिकन पार्टीभित्र पनि असन्तुष्टि बढेको संकेत दिएको छ ।
वाशिङटन डीसी । अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पका युद्ध अधिकार सीमित गर्ने प्रस्ताव पारित गरेको छ । सात पटकको असफल प्रयासपछि अन्ततः सिनेटलेसंसदीय स्वीकृतिबिना इरानविरुद्ध सैन्य शक्ति प्रयोग गर्नबाट रोक्न सक्ने एउटा महत्त्वपूर्ण प्रस्ताव अघि बढाउने प्रक्रियागत प्रस्ताव पारित गरेको हो ।
मंगलबार भएको मतदानमा प्रस्ताव ५०–४७ मतले प्रस्ताव पारित भएको हो । केही रिपब्लिकन सांसदहरूले डेमोक्रेटहरूसँग मिलेर मतदान गरेपछि यसलाई ट्रम्पमाथिको दुर्लभ राजनीतिक चुनौतीका रूपमा हेरिएको छ ।
मत परिणामले रिपब्लिकन पाटीभित्र पनि इरान युद्धबारे असन्तुष्टि बढ्दै गएको संकेत दिएको विश्लेषण गरिएको छ । युद्ध अन्त्य हुने स्पष्ट संकेत नदेखिएको, नाजुक युद्धविरामको अवस्था कायम रहेको तथा विश्व ऊर्जा बजार र घरेलु महँगीमा असर बढेको भन्दै केही रिपब्लिकन सांसदहरू समेत चिन्तित देखिएका छन् ।
“यो राष्ट्रपति भरिएको बन्दुकसँग खेलिरहेको बालकजस्तै छन्,” डेमोक्रेटिक सिनेट अल्पसंख्यक नेता चक शुमरले मतदानअघि ट्रम्पको कडा आलोचना गर्दै भने । उनले इरानसँगको युद्धबाट अमेरिकी सेना फिर्ता बोलाउनुपर्ने भन्दै अहिले वार पावर्स रिजोलुशन समर्थन गर्ने उपयुक्त समय भएको बताए ।
संविधानअनुसार कसको हो युद्ध घोषणा गर्ने अधिकार ?
यो प्रस्तावले अमेरिकी संविधानअनुसार युद्ध घोषणा गर्ने अधिकार राष्ट्रपतिभन्दा कंग्रेससँग हुनुपर्ने बहसलाई पुनः बल दिएको छ । सांसदहरूले राष्ट्रपति ट्रम्पले स्पष्ट रणनीति वा निकास योजना सार्वजनिक नगरी अमेरिकालाई लामो युद्धमा धकेलेको आरोप लगाएका छन् । डेमोक्रेट र केही रिपब्लिकन सांसदहरूले ट्रम्पले इरानविरुद्धको युद्धका लागि कांग्रेसको औपचारिक अनुमति लिनुपर्ने माग गर्दै आएका छन् ।
यद्यपि यो केवल प्रक्रियागत मतदान मात्र भएकाले प्रस्ताव तत्काल कानुन बन्ने अवस्था छैन । मंगलबारको मतदानमा तीन रिपब्लिकन सांसद अनुपस्थित थिए । यदि उनीहरूले अन्तिम मतदानमा युद्ध समर्थन गर्ने पक्षमा मत दिए भने प्रस्ताव पराजित हुन सक्छ । त्यसपछि पनि प्रस्तावले प्रतिनिधि सभाबाट पारित हुनुपर्नेछ, जहाँ रिपब्लिकनहरूको बहुमत छ ।
यदि दुवै सदनबाट प्रस्ताव पारित भए पनि ट्रम्पले भिटो प्रयोग गर्ने अपेक्षा गरिएको छ । त्यस्तो अवस्थामा भिटो उल्टाउन प्रतिनिधिसभा र सिनेट दुवैमा दुईतिहाइ बहुमत आवश्यक पर्नेछ ।
ट्रम्प समर्थक रिपब्लिकनहरूले यस वर्ष सिनेटमा यस्ता सातवटा प्रस्ताव अघि बढ्न रोकेका थिए । प्रतिनिधिसभामा पनि यस्तै तीन प्रस्ताव अल्पमतले असफल भएका थिए । तर पछिल्लो मतदानले ट्रम्पमाथि राजनीतिक दबाब बढ्दै गएको संकेत दिएको छ ।
अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यतिर सुरु गरेको इरानविरुद्धको सैन्य अभियानले विश्व ऊर्जा बजारमा ठूलो अस्थिरता ल्याएको छ । तेलको मूल्य वृद्धि, आपूर्ति संकट तथा अमेरिकी जनजीवनमा बढ्दो महँगीका कारण युद्धबारे जनस्तरमा पनि प्रश्न उठ्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण