इरानसँग सम्झौताको कुरा चलिरहँदा होर्मुजबाट निस्कियो चिनियाँ सुपर ट्यांकर
सारांश
- लामो समयदेखि रोकिएका दुई चिनियाँ तेल सुपरट्यांकरहरू स्ट्रेट अफ होर्मुजमाबाट बाहिरिएका छन् ।
- यो घटनासँगै ऊर्जा आपूर्ति र भूराजनीतिक तनावबिचको सम्बन्ध पुनः चर्चा मा आएको छ ।
- दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले संसदमा जानकारी दिँदै अर्काे कच्चा तेल बोकेको जहाज पनि इरानसँग समन्वयपछि होर्मुज पार गरिरहेको बताएका छन् ।
बेइजिङ । लामो समयदेखि रोकिएका दुई चिनियाँ तेल सुपरट्यांकरहरू स्ट्रेट अफ होर्मुजमाबाट बाहिरिएका छन् ।
करिब दुई महिनाभन्दा बढी समय खाडी क्षेत्रमा रोकिएर बसेका ती जहाजहरूले अन्ततः यात्रा अघि बढाएपछि ऊर्जा बजारमा फेरि ध्यान केन्द्रित भएको छ । शिपिङ डेटा प्रदायक लन्डन स्टक एक्सचेञ्ज गुप (एलएसईजी) र केप्लरका अनुसार ती दुई जहाज–चिनियाँ झण्डा बोकेको युआन गुई याङ र हङकङ दर्ता भएको ओसन लिलीले करिब ४० लाख ब्यारेल कच्चा तेल बोकेर जलमार्ग पार गरेका हुन् ।
यो घटनासँगै ऊर्जा आपूर्ति र भूराजनीतिक तनावबिचको सम्बन्ध पुनः चर्चा मा आएको छ । डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै अन्त्य हुने दाबी गरेकै समयमा जहाजहरूले होर्मुज पार गरेका हुन् । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी सांसदहरूलाई सम्बोधन गर्दै इरानसँगको युद्ध 'धेरै छिट्टै' समाप्त हुन सक्ने बताए थिए । उनले सम्झौता 'राम्रो तरिकाले समाधान हुने अपेक्षा' समेत व्यक्त गरे ।
यसैबिच अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि वासिङटनमा आयोजित ब्रिफिङमा अमेरिका–इरान वार्ता 'राम्रो अवस्थामा' रहेको बताए । उनका अनुसार दुवै पक्षबिच निरन्तर संवाद भइरहेको छ र प्रगति देखिएको छ । तर ट्रम्प प्रशासनले पहिले पनि इरानलाई सैन्य कारबाहीको चेतावनी दिँदै आएको थियो ।सम्झौता नगरे “केही दिनभित्र” आक्रमण हुन सक्ने चेतावनी दिँदै उनले पछिल्लो समय आक्रमण स्थगित गरिएको दाबीसमेत गरेका थिए ।
किन रोकिएका थिए जहाज ?
रिपोर्ट अनुसार युआन गुई याङले फेब्रुअरी २७ मा इराकको बस्रराह तेल लोड गरेको थियो, जुन युद्ध सुरु हुनुभन्दा एक दिन अगाडिको समय थियो । अर्काे ट्यांकर ओसन लिलीले पनि कतर र इराकको तेल लोड गरेर मार्चतिर यात्रा सुरु गरेको थियो । तर त्यसपछि खाडी क्षेत्रमा नै रोकियो । यो अवरोधले स्ट्र्ट अफ होर्मुजलाई लिएर बढेको तनाव र सुरक्षा जोखिमलाई स्पष्ट देखाएको छ, जुन विश्वको ठुलो तेल आपूर्ति मार्गमध्ये एक हो ।
यसैबिच दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले संसदमा जानकारी दिँदै अर्काे कच्चा तेल बोकेको जहाज पनि इरानसँग समन्वयपछि होर्मुज पार गरिरहेको बताएका छन् । केही हप्ताअघि सोही क्षेत्रमा दक्षिण कोरियाली जहाजमाथि अज्ञात प्रहार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण