आफ्नो कर्तव्य पूरा गर्न नसक्ने प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्दा राम्रो : हर्कराज राई
सारांश
- श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने भए मार्ग प्रशस्त गर्दा राम्रो हुने बताएका छन् ।
- सांसद राईले संसद् नियमावलीमा सांसदले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले ७ दिनभित्र दिनुपर्ने भए पनि वैशाख २८ गते राखेका प्रश्नको जवाफ आफूहरूले अझसम्म नपाएको बताए ।
- उनले गृह र रक्षा मन्त्रालय प्रधानमन्त्री शाहले राखेकाले लिपुलेकको सीमा र सुरक्षासम्बन्धी प्रश्नका जवाफ प्रधानमन्त्री शाह स्वयं प्रतिनिधि सभामा आएर दिनुपर्ने बताए ।
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने भए मार्ग प्रशस्त गर्दा राम्रो हुने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुने बित्तिकै आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाएपछि सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्न समय दिएका थिए ।
सांसद राईले संसद् नियमावलीमा सांसदले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले ७ दिनभित्र दिनुपर्ने भए पनि वैशाख २८ गते राखेका प्रश्नको जवाफ आफूहरूले अझसम्म नपाएको बताए । उनले गृह र रक्षा मन्त्रालय प्रधानमन्त्री शाहले राखेकाले आफूहरूले उठाएका लिपुलेकको सीमा र सुरक्षासम्बन्धी प्रश्नका जवाफ प्रधानमन्त्री शाह स्वयं प्रतिनिधि सभामा आएर दिनुपर्ने बताए ।
जेठ ४ गतेदेखिका प्रतिनिधि सभाको बैठकमा उनले निरन्तर आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै आएका छन् । त्यसलाई आजलाई पनि निरन्तरता दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण