मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
संसद् बैठक

प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध

बिहीबार, ०७ जेठ २०८३, १४ : २०
बिहीबार, ०७ जेठ २०८३

सारांश

  • प्रतिनिधि सभाको जारी बैठकमा विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन् ।
  • कानुन न्याय तथा संसदीय मामिला मन्त्रीले प्रतिनिधि सभा निर्वाचनसम्बन्धी अध्यादेश पेस गर्न लाग्दा विपक्षी दलहरूले विरोध गरेका हुन् ।
  • प्रधानमन्त्री बालेन्द्र शाहले गृह, रक्षा र विज्ञान प्रविधि तथा नवपर्वतन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

काठमाडौँ । प्रतिनिधि सभाको जारी बैठकमा विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका छन् ।

गृह, रक्षा र विज्ञान प्रविधि तथा नवपर्वतन मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्रीले प्रतिनिधि सभा निर्वाचनसम्बन्धी अध्यादेश पेस गर्न लागेपछि विपक्षी दलहरू उठेर विरोध गरेका हुन् ।

प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् । अहिले प्रतिपक्षी दलका सांसद र सभामुखबिच बहस भइरहेको छ । 

उनीहरूले उठेर विरोध विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका सांसद ऐन महरलाई एक मिनेटको समय दिए । त्यो एक मिनेट समय नपुग्ने भन्दै नबोल्ने बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप