ट्रेलरमा यस्तो देखियो बबी देओलको ‘बन्दर’
सारांश
- बलिउड अभिनेता बबी देओलको मुख्य भूमिका रहेको फिल्म 'बन्दर' को ट्रेलर सार्वजनिक भएको छ ।
- अनुराग कश्यपद्वारा निर्देशित यस फिल्ममा बबी देओल निकै गम्भीर र बहुआयामिक भूमिकामा देखिएका छन् ।
- ट्रेलर हेर्दा फिल्म बलात्कारको आरोपको विषयवस्तुमा आधारित रहेको बुझिन्छ ।
मुम्बई । बलिउड अभिनेता बबी देओलको मुख्य भूमिका रहेको फिल्म ‘बन्दर’ को ट्रेलर सार्वजनिक भएको छ । करियरको दोस्रो इनिङ्समा फरक र चुनौतीपूर्ण चरित्रहरू रोजिरहेका बबीले यस फिल्ममा दर्शकले नयाँ स्वरूप हेर्न पाउनेछन् ।
अनुराग कश्यपद्वारा निर्देशित फिल्ममा बबी देओल निकै गम्भीर र बहुआयामिक भूमिकामा देखिएका छन् । फिल्मको ट्रेलर बबी देओलको चरित्रबाट सुरु हुन्छ, जो आफूभन्दा कम उमेरका युवतीहरूसँग सम्बन्धमा रहने गर्छन् ।
तर एक युवतीसँगको भेटले उनको जीवनमा ठुलो मोड ल्याउँछ र उनलाई हिरासतमा पुर्याउँछ । ट्रेलरमा बबीको चरित्रले आफूलाई निर्दोष दाबी गरे पनि कसैले उनको कुरा सुन्दैनन् ।
ट्रेलर हेर्दा फिल्म बलात्कारको आरोपको विषयवस्तुमा आधारित रहेको बुझिन्छ । फिल्ममा बबी देओलका अलवा सान्या मल्होत्रा, सबा आजाद, सपना पब्बी, इन्द्रजित सुकुमारन, राज बी शेट्टी, जितेन्द्र जोशी लगायतको अभिनय छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण