मधेस सरकार
मधेसमा मन्त्रिपरिषद् पुनर्गठन, एमालेका समिर बने मन्त्री
बिहीबार, ०७ जेठ २०८३, २२ : ००
जनकपुरधाम । मधेस प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले बिहीबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
सरकारमा रहेका जनमत पार्टीका दुई मन्त्रीले राजीनामा दिएसँगै मन्त्रिपरिषद् पुनर्गठन गरिएको हाे । सीके राउत नेतृत्वकाे जनमत पार्टीबाट अर्थमन्त्री बनेका महेशप्रसाद यादव र समाजकल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहाले मुख्यमन्त्री यादवसमक्ष राजीनामा दिएका थिए।
यस्तै मुख्यमन्त्री यादवले एमालेका महम्मद समिरलाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिएका छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण