नेताहरूको कार्यविभाजन टुङ्ग्याउन एमाले सचिवालय बैठक बस्दै
सारांश
- नेकपा एमालेको सचिवालय बैठक नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिन आज बस्दैछ।
- पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको कार्यविभाजन प्रस्तावलाई परिमार्जनसहित अनुमोदन गर्ने तयारी छ।
- यस पटकको नयाँ कार्यविभाजनमा विभागहरूको जिम्मेवारीमा ठूलो हेरफेरको प्रस्ताव गरिएको छ।
काठमाडौँ । नेकपा एमालेका नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिनका लागि पार्टी केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत जेठ ५ गतेको बैठकमा पेस गरेको नेताहरूको कार्यविभाजन सम्बन्धी प्रस्तावलाई आजको बैठकबाट परिमार्जनसहित अनुमोदन गर्ने तयारी गरिएको छ। एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक बिहान ११:३० बजे अध्यक्ष ओलीको निवास भक्तपुरको गुण्डुमा बस्ने तय भएको छ।
अध्यक्ष ओलीको प्रस्तावमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने विषय समेटिएको छ। सचिवालय बैठकमा सो प्रस्तावमाथि विस्तृत छलफल गरी कार्यविभाजनलाई अन्तिम रूप दिइने र त्यसलाई तत्कालै अन्तरपार्टी निर्देशन (अपानि) मार्फत तल्ला कमिटी र नेताहरू समक्ष पठाइने पार्टी स्रोतले जनाएको छ।
गत मंसिर २७ देखि २९ गतेसम्म सम्पन्न भएको एमालेको ११ औँ महाधिवेशनपछि नेताहरूको अस्थायी कार्यविभाजन मात्र गरिएको थियो। त्यसबेला फागुन २१ गतेको निर्वाचनलाई केन्द्रित गरेर काम गर्नका लागि केन्द्रीय सदस्य तथा पदाधिकारीहरूलाई जिम्मेवारी तोकिएको थियो भने यस पटक स्थायी रूपमा कार्यविभाजन गर्न लागिएको हो।
यस पटकको नयाँ कार्यविभाजनमा एमालेका मुख्य मानिने विभागहरूको जिम्मेवारीमा ठुलो हेरफेरको प्रस्ताव गरिएको छ। जसअनुसार पार्टी सचिव भानुभक्त ढकाललाई संगठन विभाग, केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कूल विभाग, विशाल भट्टराईलाई जनसंगठन समन्वय विभाग र डा. सूर्य पाठकलाई प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ। पार्टीका उच्च तहका नेताहरू अर्थात् उपाध्यक्ष र उपमहासचिवहरूलाई भने विभिन्न विभागहरूको समन्वय गर्ने तथा अनुगमन गर्ने विशिष्ट जिम्मेवारी सुम्पिने तयारी छ।
एमालेले आगामी स्थानीय तहको निर्वाचनलाई उच्च प्राथमिकतामा राखेको छ। सोही अनुरूप अध्यक्ष ओलीको प्रस्तावमा अधिकांश केन्द्रीय सदस्यहरूलाई ‘मिसन स्थानीय चुनाव’ को कार्यभारसहित जिम्मेवारी तोकिएको एक नेताले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन
-
घर-घर लिपस्टिक बेच्ने केटो कसरी बने बलिउडका ‘सर्किट’ ?
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण