बाजुराको हिमाली गाउँपालिका अध्यक्षको टिमलाई कारबाही गर्न हुम्लाका राजनीति दलको माग
सारांश
- हुम्लाका राजनीतिक दलहरूले बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लको टिमलाई कारबाहीको माग गरेका छन् ।
- विज्ञप्तिमा हुम्लाको सीमा क्षेत्रमा नेपाल सरकारको निर्णय बेगर अस्थायी प्रहरी चौकी निर्माणका लागि बाजुराको हिमाली गाउँपालिकाले गरेको कार्य खेदजनक रहेको उल्लेख छ ।
- दलहरूले विवादित भूमिमा अस्थायी प्रहरी चौकी लगायतका संरचना निर्माण कार्य रोक्न र यात्रुलाई बन्धक बनाउनेलाई कारबाहीको माग गरेका छन् ।
सुर्खेत । मंगलबार घटेको बाजुरा—हुम्ला सीमा विवादको विषयलाई लिएर हुम्लाका राजनीतिक दलहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
बिहीबार साँझ जारी विज्ञप्तिमा बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लको टिमलाई कारबाहीको माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हुम्लाको खार्पुनाथ, सर्केगाड, ताँजाकोट, सिमकोट र नाम्खा गाउँपालिकामा पर्ने रानिसैन, च्याचौर, लाम्पाटा लगायतका क्षेत्रमा नेपाल सरकारको निर्णय बेगर अस्थायी प्रहरी चौकी निर्माणका लागि हुम्ला जिल्लाको सिमाना लाम्पाटामा बाजुरा जिल्ला हिमाली गाउँपालिकाले गरेको कार्य खेदजनक छ ।’
हुम्लाका व्यक्तिले बाजुरा व्यक्तिलाई कुटपिट गरेको कुरा हुम्लाका राजनीतिक दलले अस्वीकार गरेका छन् ।
‘हुम्लाको खार्पूनाथ गाउँपालिका वडा नम्बर २ र ३ का स्थानीय व्यक्तिहरुले आएर एक्कासी अराजक शैलीमा हिमाली गाउँपालिका—३ का स्थानीय कामदारहरू र उक्त वडाका वडा सदस्य पेमागारा गुरुङ्ग लगायतका मानिसहरुलाई कुटपिट गरी शक्त घाइते बनाएको भन्ने कुरा निराधार हो,’ विज्ञप्तिमा भनिएको छ, ‘हुम्ला जिल्लाको सिमानामा आफु खुसी गरेका र निर्माणाधीन संरचनालाई बाजुरा जिल्लामा निर्माण गर, हुम्ला जिल्लाको सिमानामा नगर भनी उठान गरिएको हुम्लीहरुको आवाजलाई बन्द गर्ने तरिकाले हिमाली गाउँपालिकाका बासिन्दाको अत्याचार जनक कार्यको घोर भर्त्सना गर्दछौँ ।’
यही विषयलाई लिएर हिमाली गाउँपालिकाले धुला चौरमा भएको राष्ट्रिय राजमार्ग बन्दको कार्य खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ । साथै, घटना घटको दुई दिनसम्म पनि हुम्ली जनतालाई खुला चौरमा बन्धक बनाएर राखेको भन्दै नेपाल सरकारको ध्यान आकर्षण गराइएको छ ।
यस्ता छन् दलहरूले गरेका ५ वटा निर्णय :
१, हुम्ला र बाजुरा जिल्लाको सिमाना विवाद बारे हुम्ला जिल्लाका स्थानीय तहका प्रमुखहरुले २०८३ वैशाख २४ गते हुम्ला प्रशासन मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाएको पूर्व जानकारीलाई अपहेलना गरी विवादित क्षेत्रमा ज्येष्ठ २ देखि ५ गते दल बल सहित विवादित क्षेत्र आएर मास भड्काउने हिमाली गाउँपालिकाका अध्यक्ष समेतको टिमलाई यथाशक्य कारवाहीका लागि अनुरोध गर्ने।
२, ड्रोनको प्रयोग गरी राष्ट्रिय पंक्षी लगायत अन्य वन्य जन्तु लगायत अन्यको चोरी सिकारी गर्ने तथा वन फडानीमा संलग्न सम्पूर्णलाई वन ऐन अन्तर्गत कारबाही गर्न सम्बन्धित निकायलाई सिफारिस गर्ने ।
३, विवादित भूमिमा अस्थायी प्रहरी चौकी लगायत अन्य संरचना निर्माण कार्य रोक्नका लागि पहल गर्ने।
४, नेपालगन्ज सुर्खेतबाट हुम्ला आउने यात्रुलाई मिति २०८३।०२।०६ गते बाजुरा जिल्ला हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा रोकी यात्रुलाई बन्धक बनाउने लाई मुलुकी अपराध संहिता २०७४को परिषद् १७ दफा २११ र २१२ अनुसार कारबाहीको माग गर्ने ।
५, यदि गर्दा पनि राष्ट्रिय राजमार्ग खोलेर सहज आगमनको कार्य सुचारु नभए अन्य कार्यहरू गर्न बाध्य हुने र यसको क्षतिको लागि हिमाली गाउँपालिकाको जिम्मा हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण