आयोजनामा ढिलासुस्ती हुँदा लागत बढ्यो : ऊर्जामन्त्री श्रेष्ठ
सारांश
- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विकास निर्माणका आयोजनामा हुने ढिलासुस्तीले लागत बढाएको र लगानीको सान्दर्भिकतामा प्रश्न उठाएको बताएका छन् ।
- मन्त्री श्रेष्ठले जलविद्युत क्षेत्रमा निजी क्षेत्रको लगानी ढिलासुस्तीले महँगो भइरहेको र यसले लगानी सान्दर्भिक छ कि छैन भन्ने बहसको अवस्थामा पुगेको बताए ।
- उनले सार्वजनिक खरिद ऐन र प्रक्रियागत जटिलताले काम गर्न कठिन भएको तथा कानुनी कमजोरीले वैदेशिक लगानी र निजी क्षेत्रको उत्साह घटाएको औँल्याए ।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विकास निर्माणका आयोजनामा हुने ढिलासुस्तीले लागत बढाएको र यसले लगानीको सान्दर्भिकतामाथि प्रश्न उठाएको बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले समयमै काम नसकिने परिपाटीले गर्दा आयोजनाहरू महँगो हुँदै गएको र यसले देशको अर्थतन्त्रमा असर पारेको उल्लेख गरे ।
विशेषगरी जलविद्युत क्षेत्रको उदाहरण दिँदै मन्त्री श्रेष्ठले भने, ‘निजी क्षेत्रले जलविद्युतमा लगानी गर्दा जुन लागतमा बन्नुपर्ने हो, ढिलासुस्तीले गर्दा त्यो धेरै महँगो भइरहेको छ । एउटा विन्दुमा पुगेपछि जलविद्युतको लगानी सान्दर्भिक हो कि असान्दर्भिक भन्ने ठूलो बहसमा हामी पुग्ने अवस्था छ ।’ उनले अन्तर्राष्ट्रिय अभ्यासलाई हेरेर लगानी मैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए ।
मन्त्री श्रेष्ठले विद्यमान सार्वजनिक खरिद ऐन र प्रक्रियागत जटिलताका कारण काम गर्न कठिन भइरहेको बताए । ‘हामी अझै पनि व्यवहारिक र वैज्ञानिक तरिकाले जान सकेका छैनौँ । स्रोत छ, जनताको अपेक्षा पनि छ, तर परिचालन गर्ने संयन्त्र स्पष्ट छैन,’ उनले भने । आगामी आर्थिक वर्षका लागि सार्वजनिक खरिद ऐन लगायतका कानुनमा व्यवहारिक संशोधन आवश्यक रहेको उनको तर्क थियो ।
विकास निर्माणमा रहेका कानुनी कमजोरीले वैदेशिक प्रत्यक्ष लगानी र निजी क्षेत्रको उत्साहलाई समेत घटाएको मन्त्री श्रेष्ठले औँल्याए । यस्ता समस्या समाधान गर्न मन्त्रालयले अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग समन्वय गरिरहेको जानकारी उनले दिए ।
मन्त्री श्रेष्ठले आयोजनाहरूको गुणस्तर कायम गर्न र ढिलासुस्ती रोक्न संसदीय समितिले सक्रिय भूमिका खेल्नुपर्ने बताए। उनले भने, ‘समितिले आयोजनाहरूको अनुगमन गर्ने प्रणाली बनाओस् । यसले हामीलाई पनि काम गर्न प्रेरित गर्छ र जिम्मेवार व्यक्तिहरूलाई दायरामा ल्याउन मद्दत पुग्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण