आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

निर शाह निर्देशित ‘कमला मिस’को टिजर सार्वजनिक

शुक्रबार, ०८ जेठ २०८३, ११ : ५९
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित चलचित्र ‘कमला मिस’को टिजर सार्वजनिक गरिएको छ ।
  • साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रभावित यो चलचित्र मार्फत शाह करिब एक दशकपछि निर्देशनमा फर्किएका हुन् ।
  • यो चलचित्र आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने तयारी छ ।

काठमाडौँ  । वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित चलचित्र ‘कमला मिस’को टिजर सार्वजनिक गरिएको छ । मनोवैज्ञानिक कथावस्तुमा आधारित चलचित्रको टिजरले रहस्य, मनोवैज्ञानिक द्वन्द्व र भावनात्मक पक्षलाई देखाउन खोजेको छ ।

साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रभावित चलचित्र ‘कमला मिस’ मार्फत शाह करिब एक दशकपछि निर्देशनमा फर्किएका हुन् ।

चलचित्रमा निर शाहसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडालगायत कलाकारहरूको अभिनय छ ।

विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको चलचित्र उमेश मल्ल ,चैतन्य प्रधान ,रमेश बाबु श्रेष्ठ र राम भट्टराई ‘कमला मिस’ कार्यकारी निर्माता हुन् । चलचित्रका लाइन प्रोड्युसर पुष्कर लामा  (प्रेम भोम्जन) रहेका छन् ।

चलचित्रको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह , प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका छन् । चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

‘कमला मिस’ आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने तयारीछ । चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप