शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रादेशिक अन्तरक्रिया कार्यक्रम स्थगित

शुक्रबार, ०८ जेठ २०८३, १३ : ०१
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • नेपाली कांग्रेसले कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गर्ने भनिएको सुदूरपश्चिम प्रदेश स्तरीय अन्तरक्रियात्मक कार्यक्रम स्थगित गरेको छ ।
  • जेठ ११ गतेका लागि तय गरिएको सदस्यता अद्यावधिक सम्बन्धी कार्यक्रम विशेष कारणवश स्थगित गरिएको हो ।
  • क्रियाशील तथा साधारण सदस्यता व्यवस्थापन र अद्यावधिक गर्ने उद्देश्यले देशव्यापी अभियान अन्तर्गत यो कार्यक्रम आयोजना हुन लागेको थियो ।

काठमाडौँ । नेपाली कांग्रेसले कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गर्न लागेको सुदूरपश्चिम प्रदेश स्तरीय अन्तरक्रियात्मक कार्यक्रम स्थगित गरेको छ । 

नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिद्वारा आगामी जेठ ११ गतेका लागि तय गरिएको सदस्यता अद्यावधिक सम्बन्धी उक्त कार्यक्रम विशेष कारणवश स्थगित गरिएको हो ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा शुक्रबार जारी प्रेस विज्ञप्ति अनुसार उक्त सुदूरपश्चिम प्रादेशिक कार्यक्रम अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ ।

पार्टीको क्रियाशील तथा साधारण सदस्यता व्यवस्थापन र अद्यावधिक गर्ने उद्देश्यले देशव्यापी अभियान अन्तर्गत यो कार्यक्रम आयोजना हुन लागेको थियो ।

703632490_1400163625491644_296328967588912543_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप