तिनाउ नदीमा डुबेर बेपत्ता भारतीय युवक मृत फेला
बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोला ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भारतीय युवक मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारतको सिद्धार्थनगर जिल्लाको नौगढ गाउँ निवासी अन्दाजी २२ वर्षीय सौरभ रस्तोगी मृत फेला परेका हुन् ।
उनी साथीहरूसँग घुम्न आएका बेला बुधबार साँझ करिब ६ः३० बजे ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
घटनापछि प्रहरी चौकी दोभानबाट प्रहरी टोली खटिएको थियो भने नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले रातभर खोजतलास गरेको थियो ।
प्रहरीका अनुसार आज घटनास्थलदेखि करिब ५० मिटर दक्षिणतर्फ तिनाउ नदीको ढुङ्गाको खोँचमा अड्किएको अवस्थामा रस्तोगीको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी भिमलाल भट्टराईले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण