नेपाल बैंकद्वारा ग्राहक र कर्मचारीका लागि होटेल तथा अस्पतालमा छुटको व्यवस्था
सारांश
- नेपाल बैंकले आफ्ना ग्राहक र कर्मचारीका लागि विभिन्न होटेल तथा अस्पतालहरूसँग छुट सम्बन्धी सम्झौता गरेको छ ।
- डालिया होटेलमा १०-३५%, रिसोर्ट कोटबारीमा १०-१५% र न्युरो कार्डियो अस्पतालमा ५-५०% सम्म छुट पाइनेछ ।
- यो सम्झौताले बैंकका ग्राहक र कर्मचारीहरूलाई विशेष सुविधा प्रदान गर्नेछ ।
काठमाडौँ । नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहक र कर्मचारीहरूलाई लक्षित गरी विभिन्न होटेल तथा अस्पतालहरूसँग व्यावसायिक सम्झौता गरेको छ ।
बैंकले पोखराको डालिया होटेल, नुवाकोटको रिसोर्ट कोटबारी होटेल र विराटनगरको न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलसँग छुट सम्बन्धी सम्झौता गरेको हो ।
पोखरा लेकसाइडस्थित डालिया होटेलसँग भएको सम्झौता अनुसार बैंकका ग्राहक र कर्मचारीले बिल रकममा १० प्रतिशतदेखि ३५ प्रतिशतसम्म छुट पाउनेछन् । सम्झौता पत्रमा बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र होटेलकी बिक्री निर्देशक सीता रायमाझीले हस्ताक्षर गरे ।
यसैगरी नुवाकोटको रिसोर्ट कोटबारी होटेलले प्रदान गर्ने सेवाहरूमा बैंकका कर्मचारी, उनीहरूका परिवार र ग्राहकलाई १० देखि १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । सो सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र होटेलका महाप्रबन्धक आनन्द सिंह ठकुरीले हस्ताक्षर गरेका छन् ।
स्वास्थ्य सेवातर्फ बैंकले विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलसँग पनि सहकार्य गरेको छ । सम्झौता अनुसार नेपाल बैंकका कर्मचारी र ग्राहकले अस्पतालका विभिन्न स्वास्थ्य सेवाको बिलमा ५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट पाउनेछन् । उक्त सम्झौता पत्रमा बैंकका कोशी प्रादेशिक कार्यालय प्रमुख सूर्यप्रकाश भट्ट र अस्पतालका निर्देशक राजेश भट्टराईले हस्ताक्षर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण